शिवराज खनाल
दाङ, १ फागुन । ओभरलोड नियन्त्रणका दाङमा संयुक्त अनुगमनको थालिएको छ । अनुगमनको क्रममा नेपालका विभिन्न भन्सार नाका हुँदै नेपाल भित्रिने अधिकांश भारतीय मालबाहक ट्रकले भारबाहन क्षमताभन्दा दोब्बर लोड गरेको पाइएको छ ।
यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारबाहन क्षमता २१ टन कायम गरिएको छ तर नाकाबाट नेपाल भित्रिने अधिकांश भारतीय नम्बरका १२ चक्के मालवाहक ट्रकले ४० टनभन्दा बढी लोड गरेको अनुगमनका क्रममा पाइएको हो । ओभोरलोड बोकेको सवारीसाधनलाई कार्बाहीको दायरामा ल्याउने यातायात ब्यबस्था कार्यलय तुलसीपुरक निमित्त कार्यलय प्रमुख कालिदास बस्यालले बताएका छन ।

यसरी भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी नेपाल भित्रिएको भारतीय मालवाहक ट्रकले राजश्व समेत छल्ने गरेको पाइएको छ । राप्ती अंचल संयुक्त ट्रक व्यवसायीक समिति, यातायात ब्यबस्था कार्यालय तुलसीपुर, जिल्ला ट्राफिक कार्यालय घोराहीसहितको संयुक्त टोलीले पूर्व–पश्चिम राजमार्गमा ओभरलोड र रातो नंबर प्लेटका सवारीसाधारणहरु भाड़ाको रुपमा प्रयोग गरेनगरेको आइतवार संयुक्त रुपमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा राप्ती अन्चल संयुक्त ट्रक व्यावसायी समितिका अध्यक्ष रत्नप्रसाद श्रेष्ठलेप भारतीय नम्बर प्लेटका मालबाहक सवारी साधनले आफ्नो भारवान क्षेमता भन्दा बढी बोकिदिदा नेपाली ट्रक व्यावसायी टाट पल्टने अबस्थामा पुगेको बताए ।
ओभरलोडका कारण राजस्व छलिमात्र नभई सडक समेत भार थेग्न नसकी कालोपत्रे उप्कने र खाल्डाखुल्डी हुने र दुर्घटनाको उच्च जोखिम हुने गरेको छ । अब नियमितरुपमा भारतीय गाडीलाई नेपाली तौलपुलमा हाली तौल गरेर मात्र पठाउने राप्ती अञ्चल संयुक्त यातायात व्यवसायी समितिका प्रसासनिक सचिव उमेश मजगैयाले बताए ।