दाङ, २८ माघ । नेपाल परीवार नियोजन संघ दाङले नयां प्रसुती भवन पाएको छ । जापानीज राजदुतावासको एक करोड अनुदान सहयोगमा निर्मित सो प्रसुती भवनको शुक्रवार लुम्विनी प्रदेशका मन्त्री तथा नेपालकालागी जापानी राजदुत किकुता युताकाले संयुक्त रूपमा उद्घाटन गरेका छन् । सो भवनमा सेवा सन्चालन भएपछि नवजात शिशु, सुत्केरी आमा तथा गर्भवती महिलाहरूलाइ पनि सेवा लिन सहज हुने नेपाल परीवार नियोजन संघ दाङले जनाएको छ ।
भवन उद्घाटन मन्तव्य व्यक्त गर्दै लुम्विनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले नेपाली नागरीकहरूको जिवनस्तर उकास्नकालागी जापान सरकारले शिक्षा, स्वास्थ्य तथा भौतिक पुर्वाधार निर्माणमा अतुलनीय योगदान गरेको बताए । उनले जापान सरकारको सहयोगको उच्च प्रशंसा गर्दै जापान सरकारको निरन्तर थप सहयोगको अपेक्षा गरे । साथै नेपाल परीवार नियोजन संघलाइ उच्च प्रविधिमैत्री सेवा प्रवाहकालागी प्रदेश सरकार पनि सधै साथै रहेको बताए ।
कार्यक्रममा नेपालका लागी जापानीज राजदुत किकुता युताकाले यो परीयोजना सफलता पुर्वक सम्पन्न भएकोमा जापानी जनताका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै यस्तो सहयोगलाइ आवस्यकताका आधारमा विस्तार गर्न जापान सरकार प्रतिवद्ध रहेको बताए । ‘मलाइ लाग्छ, संभवतः दक्षिण एसियाकै ठुलो भनिएको यस दाङ उपत्यकामा जापानका राजदुतबाट भएको यो पहिलो भ्रमण हो, यसले हाम्रो आत्मिय सम्वन्ध अझै बढाएको छ, जापानी राजदुतावासको सहयोगमा सम्पन्न भएको यो परीयोजना प्रति म निकै आभारी छु’, महामहिम राजदुत किकुता युताकाले भने ।
नेपालमा आमा, गर्भवती तथा नवजात शिशुहरूको स्वास्थ्य सेवामा नेपाल परीवार नियोजनले गरेको योगदान प्रशंसनीय रहेको पनि उनले बताए । अन्तमा यो सहयोगले नेपाल र जापानका जनताबीचको मैत्री संबन्ध अझै प्रगाढ हुने पनि उनले विश्वास व्यक्त गरे । शुभकामना मन्तव्य व्यक्त गर्दै विशिष्ठ अतिथि तथा लुम्विनी प्रदेशसभा सदस्य प्रचण्ड विक्रम न्यौपानेले जापान सरकारले नेपाललाइ गरेको सहयोग निश्वार्थ रहेको बताउंदै जापानले गरेको आर्थिक प्रगति नेपालले पनि सिक्नुपर्ने बताए ।
नेपाल परीवार नियोजन संघका केन्द्रिय अध्यक्ष हिमालयलाल कसजुको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले महिला अस्पतालका रूपमा चिनिने नेपाल परीवार नियोजन दाङ शाखालाइ जापानी राजदुतावासले सहयोग गरेर नयां प्रसुती भवन निर्माण हुंदा सेवा प्रवाहमा सहजता आएको बताए ।

विसं २०३४ शालमा स्थापना भएको नेपाल परीवार नियोजन शाखाले गर्भवती महिलाहरूलाइ खोप सेवा, सुत्केरी आमाहरूको स्याहार सुसार तथा नवजात शिशुलाइ नियमित खोप तथा स्वास्थ्य परामर्श, लैंगिक हिंसामा परेका महिला तथा एचआइभि पिडितहरूलाइ स्वास्थ्य परामर्श सेवा प्रदान गर्दै आएकोमा संघलाइ धन्यवाद दिए । साथै संस्थालाइ अझै सवल बनाएर सेवा प्रवाहमा सहजता ल्याउन थप भौतिक पुर्वाधार पनि आवस्यकता भएकाले यसमा सहयोग गर्न दात्रि निकाय तथा संघ र प्रदेश सरकारलाइ आग्रह गरे ।
नेपाल परीवार नियोजन संघ दाङ शाखाका अध्यक्ष तिर्थराज सन्तोषिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी शुशिल बैद्ध, नेपाल परीवार नियोजन दाङ शाखाका महानिर्देशक नरेश प्रताप श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल परीवार नियोजन संघ दाङ शाखाका सचिव माया पोख्रेलले गरेकि थिइन । कार्यक्रममा नेपालका लागी जापानी राजदुत तथा प्रमुख अतिथि लुम्विनी प्रदेशका मन्त्री आचार्यलाइ मायाको चिनो प्रदान गरिएको थियो