घोराही, २१ माघ । सामाजिक अभियान्ता बिमला योगी उत्कृष्ट महिलाको रुपमा सम्मानित गरेको छ । दाङ महिला जेसीजले उत्कृष्ठ महिला सम्मानबाट योगीलाई सम्मान गरेको हो ।
दाङ महिला जेसीजले शुक्रवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि योगीलाई सम्मान गरेको छ । समाज रुपान्तरणमा अतुलनिय योगदान गरेका महिलाहरुबाट छनौट गरि योगीलाई उत्कृष्ट महिला सम्मान प्रदान गरिएको हो । समाज रुपान्तरणकालागी विशेषत महिलाहरुको सामाजिक र आर्थिक विकासमा उहाँले पु¥याएकी योगदानको उच्च मुल्यांकन गर्दै जेसीजले योगीलाई सम्मान गरेको हो ।
वि.स. २०४६ देखि महिला, बालबालिका र युवाहरुको क्षेत्रमा योगी महिला संघ दाङका संस्थापक अध्यक्ष, नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष भएर सामाजिक क्षेत्रका क्रियाशील योगी राष्ट्रिय स्तरको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी निर्देशकका रुपमा काम गरिसकेकी छिन । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी समेत रहेकी उनले हाल ६ सय बढि विपन्न, द्धन्दपिडित बालबालिकाहरुलाई निशुल्क शिक्षामा सहयोग गरिएको छ ।
योगीले ग्रामीण क्षेत्रहरुमा लक्षीत गरि व्यक्तिगत लगानीमा ‘बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ सञ्चालन गदै आएकी छिन । समाज शास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी योगी घोराही खानेपानी तथा सरसफाई संस्थाको संस्थापक, त्रिभुवन नगर जेसीजको सदस्य, नेपाल रेडक्रस सोसाईटीको आजीवन सदस्य, घोराही रक्त सञ्चार केन्द्रको संस्थापक र गैरसरकारी संस्था महासंघ नेपालको संस्थापक भएर कार्यअनुभव गरिसकेकी छिन ।
योगीलाई यसअघी द रेयुकाई नेपालले समाजमामा पु¥याएको महत्वपुर्ण सहयोग वापत सम्मान, घोराही खानेपानी तथा सरसफाई संस्था ले घोराही क्षेत्रमा शुद्ध खानेपानी पु¥याए वापत सम्मान, राष्ट्रिय सहकारी बैकले प्रदेश स्तरीय सफल सहकारी सञ्चालन गरे वापत सम्मान र विधवा महिला सरोकार केन्द्र दाङ द्धारा सिमान्तकृत तथा विधवा महिलाहरुको सामाजिक न्यायमा पहुँच तथा आर्थिक पुर्नस्थापना गर्न पु¥याएको योगदान वापत सम्मान गरेको थियो ।
दाङ महिला जेसीजका अध्यक्ष नारायणी शर्माको अध्यक्षता तथा दाङ जिल्ला अदालतका न्यायधिश ताराकुमारी शर्माको प्रमुख आतिथ्य र अक्षयकोष स्थापनाकर्ता बुदादेवी गोराथोकीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा दाङ महिला जेसीजका संस्थापक अध्यक्ष निर्मला गौतम रेग्मी, त्रिभुवननगर जेसीजका कार्यवाहक अध्यक्ष कृष्णदेव थापा, सामुदायिक वन महासंघ दाङका सचिव जानका केसी, सीसा नेपालका अध्यक्ष साजिदा सिद्धिकी, दाङ महिला जेसीजका पूर्व अध्यक्ष डोमा पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा आकृति शर्माले आश्था पाठ गराएको कार्यक्रममा कार्यक्रम संयोजक भिमा डिसीले स्वागत गरेकी थिइन । कार्यक्रमको सहजिकरण महासचिव अर्चना शर्माले गरेकी थिइन ।