आँखा उपचारका लागि अमेरिकाबाट सहयोग

तुलसीपुर, १७ माघ । वोष्टन अमेरिकामा बस्दै आएका एक दम्पतीले नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पलामा आँखा उपचारका लागि सहयोग गरेका छन् ।

उनीहरुले बार्षिक २ लाख आँखा उपचारका लागि सहयोग गरेका हुन् । सो दम्पतीले राप्ती आँखा अस्पतालमा सुरु भएको नानी प्रत्यारोपनका लागि असाहे, गरिव र पैसा नभएका विरामीहरुको उपचारका लागि २ लाखको दरले बार्षिक रुपमा सहयोगका लागि सम्झौता समेत गरेको राप्ती आँखा अस्पतालमा मेसु डा. सन्तोष सुवेदीले जानकारी दिए ।

राप्ती आँखा अस्पतालमा कार्यरत नानी रोग विशेषज्ञ डा. ज्योति सापकोटाको पहलमा वोष्टन अमेरीकामा बस्दै आएका डा. टिनु हिराचन र डा. माईकल शेर्पाले सो रकम उपलव्ध गराउदै आएको बताएकाे छ । नानी रोग विशेषज्ञ ज्योतिले सो सहयोगबाट कोहि पैसाको अभावका कारण नानी रोग सम्वन्धी उपचार नपाएका लाई उपचार सेवा दिदै आएको उनकाे भनाई छ ।

`हाल अमेरीकामा बस्दै आउनुभएका साथीहरु हुनुहुन्थ्यो, यहाँहरुसंग मैले सहकार्य गरेर यो सहयोगका लागि आग्रह गरे उहाँहरुले सहर्ष स्वीकानुभयो´– डा.ज्योतिले भनिन् । अहिले पनि भरखरै बार्षिक २ लाख रकम उपलब्ध भएकाे बताएकाे छ ।