लक्ष्मण बस्नेत
दाङ,१६ माघ । दंगीशरण गाउँपालिका प्रथम अध्यक्ष कप फुटबलमा वडा न ६ ले र भलिबलमा वडा न ५ ले उपाधी जितेका छन् ।
दंगीशरण गाउँपालिका दाङको आयोजनामा सहिद दिवशको अवसरमा संचालित प्रतियोगिता अन्तरगत आज सोमबार सम्पन्न फुटबल प्रतियोगिताको फाईनल खेलमा वडा न ५ लाई ट्राईवेकरमा ३ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । उपाधीसंगै उसले नगद २५ हजार कप, मेडल र प्रमाणपत्र हात पार्यो । फाईनलमा पराजित वडा ५ उपबिजेतामा सिमित रहदै नगद २० हजारमा चित्त बुझाउन बाध्य हुदा तृतिय हुने वडा न ३ ले नगद १५ हजार,कप,मेडल, प्रमाणपत्र हात पारेको छ ।
फुटबलतर्फ वडा न ६ जर्सी न १ का गोल किप्पर छवि बुढाथोकी उत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यसैगरी भलिबल फाईनल खेलमा वडा न ६ लाई ३–२ सेट अर्थात २९–२७,२२–२५,१५–२५,२५–१५ र १५–१० को स्कोरले पराजित गर्दै वडा न ५ ले उपाधी जितेको हो । उपाधीसंगै उसले नगद २० हजार,कप,मेडल प्रमाणपत्र हात पार्यो । त्यस्तै उपबिजेता वडा न ६ ले नगद १५ हजार,कप,मेडल प्रमाणपत्र हात पार्दा तृतिय हुने वडा न ३ ले नगद १० हजार कप,मेडल,प्रमाणपत्र हात पार्यो । भलिबलतर्फ वडा न ५ का जितेन्द्र खड्का उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

गाउँपालिकामा खेलकुदको पहुँच अभिवृद्धिसंगै प्रतिभावान खेलाडीको पहिचान गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा पालिकाका सात वडाका फुटबल तथा भलिबल टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोह दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा तथा लुम्बिनी प्रदेस सभा सदस्य डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यमा भएको थियो । समापन समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी चौधरीले गाउँपालिकाको खेल पुर्वाधार बिकासका लागि आफुले सक्दो पहल गर्ने बताए । पूर्वाधार बिकास बिना खेल बिकासले गति लिन नसक्ने भन्दै चौधरिले खेल पूर्वाधार बिकासलाई पहिलो प्राथमिकतामा राखेर आफू लागि पर्ने बताए ।
कार्यक्रममा दंगीशरण गाउँपालिका सामाजिक बिकास समिती संयोजक तथा प्रतियोगिताका संयोजक रोषणजंग शाह, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमरबहादुर वली, दंगीशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारी, वडा न ५ का वडा अध्यक्ष निरज बस्नेत,वडा न ३ का अध्यक्ष सुकलाल चौधरी, ईलाका प्रहरी कार्यालयका प्रमुख मनोज चौधरीलगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन दंगीशरण गाउँपालिका प्रेस संयोजक प्रमोद आचार्यले गरेका थिए ।