आलोक भावुक
गढवा, १६ माघ । जापान सरकरको दुतवासको सहयोगमा गढवा गाउँपालिकाका नागरिकलाई एक सय पचास थान सुधारिएको खाना पकाउने चुल्हो वितरण गरिएको छ ।
आइतवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा जापान राजदूतावासका डिपुटी चिफ अफ मिसनका तामुरा ताकाहिरो को प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा भएको कार्यक्रममा चुलो वितरण गरिएको हो।
सुधारिएको खाना पकाउने चुल्हो वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा जापान राजदूतावासका डिपुटी चिफ अफ मिसनका तामुरा ताकाहिरोले आफु गढवामा पहिलो पटक आएको र ज्यादै खुशी अनुभूति गरिरहेको बताउनुभयो। समाजमा रहेका अति बिपन्न, गरिब मजदुर, किसान मधेसी मुस्लिम समुदायहरूको दैनिक जिवनमा केही सुधार गर्ने उद्देश्यले सुधारिएको खाना पकाउने चुल्हो वितरण गरेको बताउनु भयो ।
वितरण गर्न लागेको चुल्हो मनो अक्साईड कार्वन उत्सर्जन घटाउने र दाउराको बचत हुने लगायतका अन्य थुप्रै फाइदा हुने बताउनुभयो।
साथै ताकाहिरोले श्री दुर्गा आधारभूत बिद्यालय गढवा – ६ मनिकापुरको विध्यालयमा रहेको भौतिक संरचनाहरुमा लागेको जस्तापाताको माथीबाट नामा ताप स्थिर राख्ने मिराकुल रंगलगाउने कार्यको उद्घाटन गर्ने र त्यो रङले तापक्रम लाई नियन्त्रण गर्ने जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाभित्र रहेको दुखी पीडितहरुका लागि सहयोग गरेको सुधारिएको खाना पकाउने चुल्हो वितरण गर्नु भएकोमा धन्यवाद दिनुभयो । गढवा गाउँपालिकाको समस्यालाई पहिचान गरी थोरै भएपनि सहयोग गर्ने उद्देश्यले गरिएको सहयोग आगामीदिनहरुमा पनि सहकार्य गर्न अनुरोध गर्नुभयो ।
गढवा गाउँपालिकाको समग्र विकासको लागि विभिन्न संघसंस्थाहरु, बिदेशी संस्थाहरु संगको सहकार्य आवश्यक रहेका बताउनुभयो।
कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, ४ नम्बर वडाका वडाध्यक्ष हरिभगत चौधरी, ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापा, यूएन ह्यावीटाट जापानकाका कार्यक्रम संयोजक फुमियाशु ईसिंगा, मिराकुल कम्पनी लिमिटेड जापानका प्रबन्ध निर्देशक नोरीयुकि फुकाई, यूएन ह्यावीटाट नेपालका कार्यक्रम संयोजक राजाराम छतकुली, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कार्यकारी निर्देशक जगत देउजालगायतकाको उपस्थिति रहेको थियो।
जापान सरकरको दुतवासको सहयोग,हेल्भिटास नेपालगन्ज र आत्मनिर्भर सेवा केन्द्र नेपालगन्ज को समन्वयमा गढवाका ३ वडाका १५० बिपन्न सिमान्तकृत नागरिकहरुलाइ सुधारिएको खाना पकाउने चुल्हो वितरण गरिएको हो। ६० प्रतिशत दाउरा खपत कम हुने, ५० प्रतिशत समय र श्रम बचत हुने, एक ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान मिल्ने, ८० प्रतिशत धुवाँ कम हुने र बिषालु ग्यास मनो अक्साईड उत्सर्जन कम हुने लगाएतको फाइदा रहेको बताउनु भयो।
त्यसैगरी श्री दुर्गा आधारभूत बिद्यालय गढवा – ६ मनिकापुरको विध्यालयमा रहेको भौतिक संरचनाहरुमा लागेको जस्तापाताको माथी बाट ताप स्थिर राख्ने मिराकुल रंगलगाउने कार्यको उद्घाटन गरिएको छ। रङले तापक्रम लाई नियन्त्रण गर्ने र गर्मीयाममा कक्षाकोठाको तापमान न्युन हुने जानकारी दिइएको छ ।
गाउपालिकाका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रसासकिय अधिकृत,वडा अध्यक्षहरु लगाएतको उपस्थितिमा भएको कार्यक्रममा जापानि दुतावासका प्रतिनिधिको पालिकाद्वारा स्वागत गरिएको थियो ।