किसानलाई आधुनिक प्रविधिसँग जोडदै प्राबिधिक बिद्यालय

शिवराज खनाल
देउखुरी,१५ माघ । गढवा गाउपालिका वडा नम्बर ७ मोतिपुर निवासी ४९ बर्षिय रिता चौधरी एक किसान हुन । उनी लामो समयदेखि नै कृषि पेसाबाटै आफ्नो घर गुजारा चलाउदै आएकी छन । उनी प्रत्यक बर्ष परम्परागत तरिकाले सिजन अनुसार करिब २ बिगाह जग्गामा तरकारी , तरबुजलगाएतका बाली लगाउने गर्दथिन । आफुले गरेको मेहनत र लगानी बराबरको उत्पादन नपाउदा उनी खासै खुसी भने छैनिन ।

तेहि चौधरी अहिले भने पृथु टेक्निकलका बिद्यार्थीहरुको आयोजनामा तरबुजलगाएत तरकारीखेती प्रबिधी तालिममा सहभागी हुदा नयाँ प्राविधि अनुसार खेती गरे बढी लाभलिन सकिने थाह पाइन । हामलिे पहिले गर्ने खेती र नयाँ प्रबिधि अनुसार खेती गर्दा आकास पातालको फरक पर्दो रैछ चौधरीले भनिन ।

पृथु टेक्निकल कलेजका पाँचौ व्याचमा अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा दाङको लमहीमा एक दिने तरबुज लगाएत तरकारीखेती प्रबिधी तालिममा सम्पन्न भएको छ । खेती गर्दै आएका किसान र बिद्यार्थीहरुलाइ अध्ययनसङ्गै, अनुसन्धान र प्रसारकार्यमा सहभागी गराउदै आएको कलेजले , बिधार्थीको प्रयोगात्मक अभ्यासलाई पनि जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । जसमा देउखुरीका ४ पालिकाका किसानको पनि सहभागीता रहेको थियो । प्लयधल थ्यग क्भभम र ँयअगक ःगतिष् ब्नचय ऋयलअभचल बलम च्भकभबचअज एचष्खबतभ ीष्mष्तभम रुपन्देहीको साझेदारीमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै पृथु टेक्निकल कलेजका प्रमुख प्रदिपराज शर्माले अब हरेक किसानहरुमा प्रबिधिको ज्ञान हुनु पर्ने र हरेक किसानको खेतबारीमा उच्च प्रविधि पुर्याउनु पर्नेमा जोड दिए । उनले बिश्वमा जनसंख्या बढदै जादा उर्वर भुमी मासिदै गएको बताए ।

कार्यक्रममा प्लयधल थ्यग क्भभम का नेपाल प्रतिनिधि मानस कुमार मन्डलले सहभागिहरुलाई आधुनिक किसिमले तरकारी र तरबुज खेती गर्दा लाग्ने रोग किरा नियन्त्रण, खाद्यतत्व ब्यबस्थापन र बजारिकरण लगाएतका बारेमा जानकारी दिएका थिए । कार्यक्रम पृथु टेक्निकल कलेजका प्रमुख प्रदिपराज शर्माको अध्यक्षता भएको थियो । राजेश कुवरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको हजिकरण कलेजका सहायक कलेज प्रमुख किरण तिमिल्सेनाले गरेका हुन ।