जनमुक्ति सेना २००७

  •   
  •  

भूपेन्द्र सुवेदी
नेपाल पूर्व प्रहरी संगठनको ऐतिहासिक संगालोमा हाम्रा अगरजहरुले नेपालमा प्रजातन्त्र प्राप्तको लागी पुराउँदै आउनु भएको यागदान र समर्णको मूल्यांकन त हुनै सकेको छैन तर पनिकहीले काही उहाहरुको कठोर कार्यमा केही छोटो समयमा भएपनि साथ र संगत उहाहरुको अडर र आदेशमा चलेको जिवनको याद आईनै हन्छ । नेपालको इतिहासमा १०४बर्षसम्मको राणा जाहानीया हुकुमी शासनको कालरात्रीकालमा नेपाली जन्ताले हुनसम्मको पिडा सहन परेको थियो ।एकजना पश्चिमेली बिद्धानले लेखेकाछन नेपाल भनेको जंगलैजंगलले भरिएको देश हो । जहाँ अत्यन्त दरिद्र र बहुतै दयानीय हालतमा मानिसहरु बस्दछन् र धेरै कम विदेशी जाने गर्दछन् ।

२००७ सालभन्दा अघिसम्म समाजले पाउनुपर्ने सुविधाबाट वञ्चित पारेर नेपाली जनतालाई घोर अन्धकारमय युगमा बस्न बाध्य पारिएको थियो । राणाहरुको दासतामय स्थितिबाट नेपाली जनतालाई मुक्त गराउन नेपाली कांग्रेसको नेतृत्वमा जनमुक्ति सेनाले राणाहरुको हुकुमी शासनको विरुद्धमा २००७ सालको कार्तिक २५ गते तदानुसार १९५० को नोभेम्बर २२ तारिखको दिन ११ बजे भैरहवा, वीरगञ्ज, र बिराटनगरमा एकैसाथ शसस्त्र क्रान्तिको विगुल फुकेको थियो । विराटनगर र भैरहवामा सफलता प्राप्त गर्न नसके तापनि वीरगञ्जमा भने पूर्ण रुपमा सफलता हासिल प्राप्त गरेको थियो । त्यसपछि जनमुक्ति सेनाले देशभरि नै हुकुमी शासनको विरुद्धमा जिहाद नै सुरु गरे ।

चैत–बैशाखको डढेलो सरह भएर काठ्माडौं बाहेक सम्पूर्ण नेपालमा सशस्त्र क्रान्तिले लपेटा लियो । लगभग ३ महिनामा जनमुक्ति सेना आधुनिक हतियारले सुसज्जित भएर पूर्वमा धुलीखेल र पश्चिमा गोर्खा र नुवाकोटसम्म पुगिसकेको बेला सन् १९५१ को २६ जनवरीमा युद्धविरामको घोषणा भएकाले सशस्त्र क्रान्ति जनमुक्ति सेनाले रोक्नुपरेको थियो । त्यसपछि अनेकौँ चलखेल सुरु भएको थियो । विजय जनमुक्ति सेनालाई समायोजनको नाउमा रक्षा दलमा खुम्चाएर हरुवा राणा जनरलको मातहतमा राखियो (ठिक आजको वाइसिउल) जस्तो भएर बस्नुप¥यो ।

२००७ सालदेखि २०१२ सालसम्म जनमुक्ति सेनाले रक्षा दल भएर अनेकौ षड्यन्त्र खेप्न प¥यो । विघटन गराउने अनेक कोशिस नभएको होइन । अन्त्यमा जनमुक्ति सेनाका प्रमुख कमाण्डरमध्य जिबी याकथुम्बाको बलि चढेपछि दाउँपेचका काण्ड पनि समाप्त भयो । २०१२ सालमा नेपाल प्रहरीको पुनर्गठनको सम्पूर्ण कार्य जनमुक्ति सेनाको कमाण्डर जिबी याकथुमबाले नै गौरवमय इतिहास रच्ने जनमुक्ति सेनाको ठोस जगमा राखिएकोले आज वर्तमान प्रहरीले सम्पूर्ण देशलाई नै शान्ति सुरक्षाको शीतलता प्रदान गर्ने विशाल वृक्षको रुपमा देख्न पाउदा गौरव अनुभव हुन्छ ।

वर्तमान प्रहरीलाई यहाँसम्म ल्याउन जनमुक्ति सेनाको ७ जना प्रहरी महानिरीक्षकहरुले नेतृत्व प्रदान गर्नुभएको छ । यसरी वर्तमान प्रहरी दिवसको दिन देशबासीको श्रीवृद्धिको निमित्त बलिदान दिने अनेकौँ नेपाल प्रहरीको अग्रजहरुको स्मरण गर्दै वर्तमान प्रहरीको पिढीलाई बुझाउन सके राम्रो हुने थियो । लामो समयसम्म देश र देशबासीको सेवामा रही अवकास प्राप्त गरेपछि पनि प्रहरी संगठनको अर्काे स्वरुपको रुपमा पूर्व प्रहरी संगठन गठन गर्दै वर्तमान प्रहरी संगठनलाई सहयोग र दैविक प्रकोप, परेका जस्तै ः अग्निपीडित, बाढी पीडित, र धुम्रपान निषेधजस्ता कामका लागी देशबासीको सहयोगमा आज पनि जनमुक्ति, सेनाका सेनानीहरुको शिक्षाले परिपक्व पूर्व प्रहरीद्वारा राष्ट्रको सेवामा समर्पित रहेको अवस्था छ ।

हाम्रा अग्रजहरुको विगतको सशस्त्र क्रान्तिको प्रारम्भिक अवस्थाको बारेमा हामीलाई उहाँहरुले दिएको प्रशिक्षणले हामी आजसम्म आ–आफ्नो कर्तव्यबाट वञ्चित भएका छैनौँ । राणा विरोधी अभियानमा स्वदेश तथा विदेशका विभिन्न स्थानबाट प्रारम्भ गर्ने योजना साथ हामी पटनाबाट नेपालको लागि प्रस्थान गरेका थियौँ । यसमध्ये म समेत सहभागी भइ राण विरुद्ध आक्रमण गरिएका स्थानको बारेमा स्मरण स्वरुप यो छोटो टिप्पणी सार्वजनिक गर्दै आउनुभएका स्व प्रहरी महानिरीक्ष डिबी लामा र स्व प्रहरी उपरीक्ष श्यामकुमार तामाङ द्वोयको भनाइले आज हामीलाई एक्लो महसुस भएको छ ।

वीरगञ्जदेखि परवानीपुर, ठोरी, उपर दानगढीसम्म श्यामकुमार तामाङको टोली पूर्वतर्फ लागेको थियो भने डिबी लामाको टोली पश्चिम लागेको जनमुक्ति सेनाले विसं २००७ सलको क्रान्तिमा के–कसरी योगदान पु¥याएका थिए भन्ने कुराको विशेषतः नेपालको पूर्वी भागहरुमा भएको क्रान्तिबारे थप जानकारी, त्यो बेलाका स्वतन्त्र सेनामध्यकै श्यामकुमार तामाङद्वारा लेखिइको छ । एउटा उहाको नलेखिएको इतिहास भन्ने उहाहरुको लेखलाई पच्छ्याउँदै त्यो बेलाको इतिहास सार्वजनिक गर्नुभएको हुँदा आज हामीलाई धेरै सहज भएको छ । किनभने क्रान्ति त पहिले पनि यस्तै भएको रहेछ ।

यहाँको लेखमा विसं २००७ कार्तिक २१ गते (१९५०) नोभम्बर ७ तारिखको दिन राजा त्रिभूवन, देशभक्त राजभक्त र प्रजातन्त्रवादीहरुको हितका लागि बिहान १० बजे नाति राजकुमार ज्ञानेन्द्र बाहेक राजपरिवारका सम्पूर्ण सदस्यहरु लिई भारतीय दूताबास सवारी भइ त्यहाँबाट १९५० को नोभम्बर ११ तारिखका दिन राजा श्री ५ त्रिभुवन विमानद्वारा दिल्ली सवारी भए । त्यसबेला राणहरुले नाबालक अवस्थाका वर्तमान राजा ज्ञानेन्द्रलाई नै राजाको रुपमा स्थापना गरेका थिए । जे होस् यस घटनाले पनि नेपाल र नेपाली राजनीतिमा आज आएर विभिन्न विचार विमर्ष र विरोध समर्थन जस्ताको अभियान चलेकै छ ।

उहाँ हाम्र अग्रज डिबी सर र श्यामकुमार तामाङ सरको लेखमा हाम्रो हौसला र मनोबल बढाउन बेलाबखतमा छ । सात जना नेताहरु कोलकत्ता, बनारस, विराटनगरबाट आइ हौसला बढाउने खालका भाषणहरुको प्रवचन दिने र हामी चाहिँ देश र जनताको लागि केही गर्न सकौँला भनी युद्ध मैदानमा व्यग्र र उत्सुक थियौँ भन्ने उहाहरुको साहसिक कदमले उहाँहरुको छत्रछायाँमा केही छोटो समयमा बसेर काम गर्ने अवसर पाएकै कारण आज हामीलाई आफ्नो संगठको बारेमा र वर्तमान प्रहरीको रक्षाको बारेका बोल्न सक्ने भएका छौँ ।