‘कृषि बिकास बैंक सेवाग्राहीको सवल र सक्षम बैंक’

  •   
  •  

गोरक्ष समाचारदाता

दाङ,८ माघ । कृषि विकास बंैक सेवाग्राहीहरुको सवल र सक्षम विकास बैंकका रुपमा रहेको बक्ताहरुले जोड दिएका छन् । कृषि बिकास बैकको ५६ औं वार्षिकोउत्सवका अवसरमा कृषि विकास बैंक प्रदेश कार्यालय घोराहीले शनिवार आयोजना गरेको बार्षिकउत्सव तथा पुनर्मिलन कार्यक्रममा बोल्ने बक्ताहरुले कृषि विकास बैंक आधा सताव्दी पुरा गरेको जनताको सवल र सक्षम बैंक रहेको बताएका थिए ।

कुनै पनि दातृ निकायको सहयोग नभएको र सरकारसँगै बैंक क्षेत्रमा काम गरेका मानिसहरुको लगानीबाट सुरुवात भएको बैंकले ५६ बर्षको अवधिमा पुजीसँगै ठुलो नेटवर्कका रुपमा देशभर विस्तार गरेर जनतालाई सेवा दिनु महत्वपूर्ण उपलव्धी भएको भन्दै उनीहरुले अहिले परिस्थीतिमा थप सुधार गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । बद्लिदो परिस्थीतिसँगै निजी बैंकहरुसँग प्रतिष्पर्धा गरेर सेवा दिनुपर्ने समय आएको भन्दै उनीहरुले व्यवस्थापन पक्षले आकर्षण सेवासँगै बैंकबाट ऋण लिने प्रक्रियालाई सरल र सहज बताउनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सेवा निवृत शाखा प्रमुख टुकाराम पन्तले बैंकलाई सवल र सक्षम बनाउँदै जनताको नजिकको बैंकका रुपमा विकास गर्नुपर्ने बताए । कृषि क्षेत्रको विकासमा सहयोग गर्ने र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने बैंकको उद्देश्य रहेको भन्दै सेवा निवृत शाखा प्रमुख पन्तले वर्तमान व्यवस्थापन पक्षले उद्देश्य अनुसार बैंकलाई अघि बढाउनुपर्ने बताए । लामो समयसँगै व्यवस्थापन र कर्मचारीको मेहनतबाट बैंकले ५६ बर्षको अवधीमा धेरै प्रगति गरेको भन्दै यसलाई अझै व्यवस्थीत र सफल बैंकका रुपमा विकास गर्नका लागि व्यवस्थापन पक्षसँगै कर्मचारीहरुलेको ठुलो हात हुने बताए ।

कार्यक्रममा कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालय दाङका प्रदेश निर्देशक राजेशकुमार श्रीवास्तवले विश्वव्यापी रुपमा देखिएको मन्दीसँगै बैंक सिइओ नहुदा अहिले तरल अवस्थामा रहेपनि नयाँ सिइओ बैंकले प्राप्त गरेपनि अहिले देखिएको तरता हट्ने बढ्ने बताए । ‘अहिलेको परिस्थीतिसँगै बैंक सिइओ विहिन हुँदा केही समस्या देखिएको छ’,प्रदेश निर्देशक श्रीवास्तवले भने,‘ बैंकले नयाँ सिइओका लागि प्रक्रिया अघि बढाई सकेको छ । उहाँ आइसकेपछि अहिले देखिएको तरलता हट्ने छ ।’

पूर्व कर्मचारीको मेहनत र योगदानबाट बैंक अहिलेको अवस्थामा रहेको भन्दै उनले अव बैंकलाई नयाँ परिस्थीतमा अघि बढाउनका लागि कर्मचारीहरुले जनतालाई सेवा प्रवाह गर्न सरल र सहज रुपमा दिन ध्यानदिनुपर्ने बताएका थिए । त्यसका लागि पूर्व कर्मचारीहरु बैंकको ब्राण्ड एम्वेष्टरका रुपमा काम गर्न सक्ने बताए । प्रदेश प्रमुख श्रीवास्तवले बैंकलाई सवल र पक्षम रुपमा विकास गर्नका लागि कर्मचारी सरुवा र बढुवा कार्यविधि अनुसार काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने बताए । त्यसका लागि कार्यविधि समेत बनेको भन्दै उनले नयाँ आउने सिइओले यसलाई कडाईका साथ लागु गरेर अघि बढनुपर्ने आशा बक्त गरे ।

वार्षिकोउत्सवका अवसरमा नेपाल वित्तीय संस्था कर्मचारी संघ लुम्विनी प्रदेशका उपाध्यक्ष बलबहादुर साउद, कृषि विकास बैंक कर्मचारी संघ लुम्विनी प्रदेश सहसंयोजक अतिश शर्मा, कृषि विकास बैंक कर्मचारी संगठन नेपाल लुुम्विनी प्रदेशका प्रतिनिधि रामकुमारी पुन,पत्रकार गोविन्द खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कृषि बिकास बैंक प्रदेश कार्यालयका वरिष्ठ शाखा प्रमुख बिनोदकुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बैंकको प्रदेश कार्यालयका लेखापाल बृद्धिप्रकाश चौधरीले गरेका थिए ।

दश जना कर्मचारीहरु सम्मानित

यसैविच बैंकको बार्षिकोउत्सवका अवसरमा कृषि विकास बैंक प्रदेश कार्यालय घोराहीमा कार्यरत दश जना कर्मचारीहरु सम्मानित भएका छन् । बार्षिकउत्सवका अवसरमा आयोजना गरिएको कार्यक्रममा बंैकमा २५ बर्ष सेवा गरेका कर्मचारीहरुलाई कदरपत्र र २० बर्ष सेव अवधि पुरा गरेका कर्मचारीहरुलाई तक्मा र कदरपत्रसहित सम्मान गरिएको थियो । त्यस अवसरमा २५ बर्षे सेवा अवधि पुरा गर्ने बंैकका बरिष्ठ शाखा अधिकृत लक्ष्मण कार्की, बरिष्ठ शाखा अधिकृत युवराज डिसी, चालक लालबहादुर बस्नेत, बरिष्ठ शाखा प्रमुख जनकबहादुर शाह र कार्यालय सहायक कोमा रावत लामिछानेलाई कदरपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी २० बर्षे सेवा गर्नेलाई बरिष्ठ शाखा अधिकृत चिरन्जिवी डिसी, कार्यालय सहायक आलोकप्रताप सिंह, कार्यालय सहायक दुर्गाप्रसाद भट्राई, कार्यालय सहायक शकुन्तला शाह र सहयोगी कर्मचारी जयमल ऐरीलाई तक्मा र कदरपत्रसहित सम्मान गरिएको थियो । सम्मानित कर्मचारीहरुलाई कार्यक्रमका प्रमुख अतिथिलगायतका अतिथिहरुले कदरपत्र र तक्मा प्रदान गरेका थिए । कार्यक्रममा बार्षिकउत्सवका अवसरमा आयोजना गरिएका घैटाफोड प्रतियोगिता, कुर्सी दौड र रस्साकस्सी प्रतियोगिताका विजेता खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थिगयो । कार्यक्रम पूर्व विकास घोराहीमा प्रभातफेरीको समेत आयोजना गरिएको थियो ।