६६औँ शृङ्खलामा छन्द संगम

दाङ,२८ पुस । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै आईरहेको छन्द संगम कार्यक्रम सम्पन्न गरेको छ ।

परिषद् दाङ शाखाको आयोजनामा ६६औँ शृङ्खला अन्तर्गत छन्द संगम कार्यक्रम भएको हो । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा ‘समी’रको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार गणेश विशमको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद्का निर्वतमान केन्द्रीय अध्यक्ष एवम् वर्तमान केन्द्रीय सल्लाहकार पुरूषोत्तम खनालको विशिष्ट अतिथ्यतामा भएको थियो ।

साहित्यकारहरू डा हिमलाल पन्थी, खगराज न्यौपाने, अर्जुन शर, हरिप्रसाद पौडेल “स्वर्ण शिखा“, गिरीप्रसाद पन्थी, विना रोका, श्रवण नेपालीलगायतले रचनाहरू वाचन गरेका थिए । उक्त कार्यक्रममा कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रीय अध्यक्ष टिकाराम उदासी, केन्द्रीय कोषाध्यक्ष खेमराज मल्ल, दाङ शाखाका सल्लाहकार डा लोकराज पराजुली, साहित्यकारहरू नरेशजङ राणा, डा राजु अधिकारी, देबेन्द्र रिजाल, दामोदर पौडल, गोपाल भुषाल अभिलाषी, देवा पौडेल, सुभाष न्यौपाने, कमला रावत, विणा दहाललगायतको उपस्थिति रहेको थियो ।

छन्द संगम कार्यक्रममा वाचित रचनाहरूको समीक्षा साहित्यकार डा हिमलाल पन्थीले गरेका थिए । परिषद् दाङ शाखाका सदस्य हरिप्रसाद पौडेल “स्वर्ण शिखा“को स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजिकरण परिषद् दाङ शाखाका सचिव प्रकाश केसीले गरेका थिए ।