माघी पर्बलाई सद्भाव र सहिष्णुताको पर्ब बनाउन जोड

प्रमोद आचार्य
हेँकुली, २८ पुस । दुई दिनसम्म चलेको दंगीशरण माघी महोत्सव सकिएको छ । ‘मघौटा संस्कृती हमार पहिचान समृद्धि दंगीशरण हमार अभियान’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता शंकर गिरीले थारु जाती कला संस्कृतिमा निकै धनी रहेकाले संस्कृती जर्गेना गर्न लाग्नुपर्ने बताए । दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले थारुको परम्परा र संस्कृती जोगाउन सदैब आफु तत्पर रहेको बताए ।

माघी पर्बलाई मर्यादित र मौलिक बनाउन युबाहरु लाग्नु पर्ने उनको भनाइ थियो । त्यस्तै काँग्रेस नेता केशब आचार्यले थारु जातीको भेष भुषा रहन सहनको जगेर्ना गर्न माघी मेलाको आयोजना गरिनु निकै सकारात्मक पक्ष मान्नु पर्ने बताएका थिए ।

महोत्सब निर्देशन समितिका संयोजक रोशन जंग शाहले माघी पर्बलाई सद्भाव र सहिष्णुताको पर्ब बनाउनु पर्नेमा जोड दिए । एक जातीले अर्कौ जातीका चाड पर्बलाई सम्मान गर्न जरुरी रहेको उनले बताए ।

। कार्यक्रममा थारु संस्कृती झल्कने बिभिन्न थारु प्रतियोगी नृत्यहरु प्रस्तुत गरिएका थिए । पालिकाका सात वटै वडा बाट आएका करिब ४० वटा प्रतीयोगी नृत्यहरु प्रस्तुत गरिएका थिए । झुम्रा नाच ,मघौटा नाच ,छोक्रा नाच , महोट्या नाच , हुर्डुङ्गा नाच , सख्या नाच लागाएतमा प्रतीयोगी नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतीयोगी नृत्य अन्तर्गत सख्या नाच तर्फ सुकदेवा प्रथम, हेकुली दितीय र मौली तृतिय भएका छ्न । त्यस्तै हुर्डुङातर्फ रावतगाउँ प्रथम , बैबाङ दितिय र थपगाउ तृतिय भएका छन ।

छोक्रा तर्फ मौली प्रथम, रावतगाउँ दितिय र श्रीगाउँ तृतिय भएका थिए । मघौटा तर्फ सुकदेवा प्रथम, हेकुली दितिय र मदरीया तृतिय भएका थिए । मघी मेलामा चर्चित कलाकारहरुले सालिकराम चौधरी ,रोशन रत्गैया लगायतका थुप्रै कलाकारहरुले प्रस्तुती राखेका थिए ।

गाउँपालिकाका सातवटै वडामा रहेका गाउँका अगुवाहरुलाई खादा र प्रमाण पत्रले सम्मान समेत गरिएको थियो ।