Goraksha

National Daily

अग्निपीडितलाई तरुण दलको सहयोग

शिवराज खनाल

देउखुरी चैत २६ । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाल दलित संघ क्षेत्र न १ देउखुरीले गढवा गाउँपालिका वडा नं ६ मनिकापुरका अग्निपीडित घर परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

देशमा कोरोना संक्रमण बाट जोगिन सरकार द्वारा जारी गरिएको लकडाउनको पालना गर्दै कोरोनाको बिपत्तीसंग लडिरहेको अबस्थामा आगलागी जस्तो महाबिपत्ति को सामना गर्दै बसेको अग्निपिडित हरुको पिडामा मलम पट्टि लगाउन राहत प्रदान गरेको नेपाल तरुणदलका क्षेत्रीय अध्यक्ष किरण पौडेलले बताए ।

गढवा गाउँपालिका वडानं ६ मनिकापुरमा गत बिहिबार भएको आगलागीका पिडित लाई नेपाल तरुण दल क्षेत्र नं १ देउखुरी का अध्यक्ष किरण पौडेल तथा नेपाल दलित संघ क्षेत्र नं १ देउखुरी सभापती प्रबल रासाइलीको नेतृत्व मा नेपाली काङ्ग्रेस युबा नेता बिकाश बिसि, नेका क्षेत्रीय प्रतिनिधि भुलन गुप्ता,नेपाल तरुणदल का क्षेत्रीय बरिस्ठ उपाध्यक्ष किरन बिक्रम शाह सहितको सहभागितामा गएको टोलिले आगलागी बाट पिडित भएका ६ घर परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको हो ।

बितरण गरिएको खाद्यान्नमा अग्निपिडित प्रती घर परिवार २५ केजि चामल,३ किलो दाल,१ किलो नुन र १ पोका खानेतेल सहयोग गरिएको नेपाल दलित संघका क्षेत्र नं १ का सभापती प्रबल रसाइलीले बताए ।

गत बिहिबार बिद्धुतको तार सर्ट भइ आगलागी भएर १ घर ,१ गोठ जलेको कृष्ण बहादुर सुनार,१ घर,१ भान्सा जलेको भक्त बहादुर सुनार र १ घर, १ गोठ जलेको बिनोद सुनार, ऋशि राना र बिष्णु राना तथा ७० हजार नगद जलेको नेत्र गिरिको परिवारलाई सहयोग स्वरुप चामल, दाल, नुन र तेल सहयोग गरेको नेपाल तरुणदलका क्षेत्रीय बरिस्ठ उपाध्यक्ष किरण बिक्रम शाहले बताए ।