दाङ महिला जेसीजमा नयाँ नेतृत्व
गोरक्ष समाचारदाता
दाङ, २४ पुस । दाङ महिला जेसीजमा नयाँ नेतृत्व आएको छ । नेतृत्वय चयन केही समय पहिले नै भए पनि शनिवारदेखि नेतृत्वले औपचारिकता पाएको छ । १४औँ पद हस्तान्तरणसँगै नयाँ नेतृत्व नारायणी भण्डारीको टिमले जिम्मेवारी सम्हालेको हो ।
नेतृत्वको कार्यकाल एक वर्षको हुनेछ । वर्ष २०२२ का पदाधिकारीले वर्ष २०२३ का पदाधिकारीलाई पद हस्तान्तरण गरेका हुन् । वर्ष २०२३ का लागि अध्यक्षमा भण्डारी निर्वाचित भएकी छन् । कार्यकारिणी उपाध्यक्षमा दिलु मल्ल, बसन्ता भण्डारी निर्वाचित भएका छन् । उपाध्यक्षमा संगीता रोका, भीमा डिसी, आकृति शर्मा, विन्दु डाँगी पाण्डेय र सहसचिवमा दीपा पुन मगर निर्वाचित भएका छन् ।
यसैगरेर महासचिवमा अर्चना शर्मा, कानुनी सल्लाहकारमा सिन्धुु रिजाल, जनसम्पर्क अधिकारीमा सुनिता थापा, कोषाध्यक्षमा लक्ष्मी चौधरी धमाल, प्रवक्तामा सुजन पाण्डे, तालिम निर्देशकमा मिना भण्डारी वली, प्रकरण निर्देशकमा सुनिता अधिकारी, शाखा सम्पादकमा बसन्ती सुवेदी, सदस्यता वृद्धि सभापतिमा रेमन्ता पुन, कोष वृद्धि सभापतिमा आराधनासिंह ठकुरी, स्वास्थ्य संयोजकमा सुनिता बस्नेत, एनजिओ÷आइएनजिओ संयोजकमा रोजिना गिरी छन् ।
कार्यक्रमा बोल्दै लुम्बिनी प्रदेश सभाका सदस्य राजु खनालले महिला जेसीजले महिलाहरूलाई अगाडि बढाउन सहयोग पु¥याएको बताए । ‘महिलाहरूलाई नेतृत्व र व्यक्तित्व विकास गरी हरेक क्षेत्रमा अगाडि बढ्न सहयोग पु¥याएको छ’, उनले भने, ‘महिलाहरूले जेसीजबाट आप्mनो नेतृत्व विकास गरी हरेक सामाजिक क्षेत्रमा नेतृत्व गर्न सफल भएका छन् ।’ जेसीजले आप्mनो विकाससँगै सामाजिक कार्यमा समेत महत्वपूर्ण योगदान पु¥याएको उनको भनाइ थियो ।
घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले देशको विकासमा सक्षम नागरिक आवश्यक रहेको बताए । सक्षम नागरिक निर्माणमा जेसीजले महत्वपूर्ण योगदान पु¥याएको बताए । स्थानीय सरकार जेसीजसँग सहकार्य गरेर कार्य गर्न तयार रहेको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले जेसीजले सामाजिक क्षेत्रको विकास महत्वपूर्ण योग्दान पु¥याएको भन्दै यसलाई निरन्तरता दिन समेत आग्रह गरेका थिए । कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष अनीलबहादुर शाही, त्रिभुवननगर जेसीजका अध्यक्ष कुलबहादुर वली, दाङ महिला जेसीजका पूर्व अध्यक्ष सुशीला पौडेल, लमही जेसीजका वर्ष २०२२ का अध्यक्ष सुन्दर केसी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पुष्पा श्रेष्ठ, नेपाल परिवार नियोजन संघ दाङ शाखा अध्यक्ष निर्मला गौतम रेग्मी, सिस्नो–पानी नेपालका जिल्लाध्यक्ष डा लोकराज पराजुली, ब्रह्मकुमारी विश्वविद्यालयका गीता दिदीलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम दाङ महिला जेसीजका अध्यक्ष शारदा घर्तीको अध्यक्षतामा भएको थियो । कार्यक्रम संयोजक भीमा डिसीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव नारायणी भण्डारीले गरेकी थिइन् ।