तुलसीपुर, १९ पुस । तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँमा रहेको गोरखा सेकेन्डरी स्कुलले आफ्नो १२ औँ वार्षिक उत्सव भव्य रुपमा मनाएको छ । गोरखा गुप्रद्वारा सञ्चालित विद्यालयले एक कार्यक्रमका बिच १२ औं वार्षिक उत्सव मनाएको हो ।
गोर्खा ग्रुपका संस्थापक अध्यक्ष एवम् स्कुलका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्य एवम् काठमाडौ विश्व विद्यालयका संस्थापक उपकुलपति प्राध्यापक डा सुरेशराज शर्माको विशिष्ट आतिथ्यमा सोमबार वार्षिकोत्सब मनाएको थियो ।
त्यस अवसरमा प्रमुख अतिथि खड्काले गोरखा स्कुल तुलसीपुरमा शिक्षा क्षेत्रमा अग्रणी संस्था बन्दै गएकोे बताउँदै आगामी दिनमा शिक्षा क्षेत्रमा थप भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले भने, ‘‘राज्यले गर्नुपर्ने काममा नीजि क्षेत्रबाट भईरहेको योगदानलाई उच्च सम्मान छ, अब शिक्षालाई व्यवहारिक बनाउँदै जीवनउपयोगी बनाउनतर्फ पनि ध्यान दिनुपर्ने बेला आएको छ, सामाजिक क्षेत्रमा गर्दै आएको योगदानलाई अझ बढाउन सके राम्रो हुने थियो ।’
देश विकासमा दक्ष जनशक्ति उत्पादन गर्ने काम गर्दै आएकोमा विदेश पलायन हुने भन्दा समाजमा टिक्न सक्ने युवा उत्पादनमा ध्यान दिन अब सबै क्षेत्रले पहल गर्नुपर्ने उको धारणा थियो । ‘पछिल्लो समय युवादस्ता देश बाहिरने क्रम बढेका बेला वास्तविक शिक्षा दिएर देश बनाउने काममा खट्नु आवश्यक छ’ उनले भने , ‘शिक्षा क्षेत्रको विकासमा नीजि विद्यालयले गर्दै आएको योगदान अतुलनीय छ । तर, यहाँबाट उत्पादित जनशक्तिको व्यवस्थापन अबको चुनौति छ ।’
उत्पादित जनशक्तिलाई राज्यले सम्बोधन गर्न नसक्नु दुखद रहेको बताउँदै उहाँले देशमै टिकाउन सक्ने वातावरण बनाउन सबै गम्भीर बन्नु पर्नेमा जोड दिएका थिए । ‘आजका दिनमा युवाहरुको आशामा भरोसा दिन नसक्दा युवादस्ता पलायन भईरहेका छन्’, उहाँले भन्नुभयो ‘यसतर्फ सबै पक्ष गम्भीर बन्नुपर्ने बेला आएको छ । अहिलेको सबैभन्दा डरलाग्दो अवस्था यही हो ।’
कार्यक्रममा काठमाडौ विश्व विद्यालयका संस्थापक उपकुलपति प्राध्यापक डा शर्माले सीपमा आधारित व्यावसायिक शिक्षा प्रदान गर्न शिक्षा प्रदायक संस्थालाई आग्रह गरेका थिए । देशमा दक्ष जनशक्ति अभावमा प्राविधिक शिक्षाको अर्थ नहुने बताउँदै देश, परिवेश माटो सुहाउँदो सिपसहितको शिक्षामा लाग्नु अहिलेको आवश्यकता रहेको बताए ।
‘नेपालमा वैकल्पिक शिक्षाको जग बसाल्न मैले जुन भूमिका खेलेँ, त्यो ठीक थियो या गलत यसको वहस हुँदै गर्ला तर जुन कामको थालनी भएको छ, यसले विद्यमान समस्या समाधानमा केही योगदान दिए जस्तो लाग्छ’, उनले भने ।
त्यस्तै लुम्बिनी प्रदेशका शिक्षा तथा निर्देशनालयका निर्देशक यमबहादुर केसीले योजनाबद्ध रूपमा शिक्षालाई अगाडी बढाउनु पनमा जोड दिए । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी, गोर्खा ग्रुपका युके कोर्डिनेटर जंगबहादुर पुन, अभिभावक शोभाराम धिताल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । लागुऔषधबाट बच्ने उपायका बारेमा गोरखा आईडियल स्कुल लालमटियाका प्रिन्सिपल बसन्त जिएमले जानकारी गराएका थिए ।
कार्यक्रममा शैक्षिक वर्ष २०७८ मा कक्षागत रुपमा उत्कृष्ट भएका कक्षा नर्सरीबाट सोनिया केसी, एलकेजीबाट आयोग रावत, युकेजीबाट संयोग आचार्य, एकबाट एलिना कठायत, दुईबाट रिदिमा श्रेष्ठ, तीनबाट दर्शन प्रिया घोडासैनी, चारबाट लस्सु भट्टराई, पाँचबाट प्रेरणा खड्का, छ कक्षाबाट सेविका आचार्य, सातबाट शिशिर सुनार, आठबाट आयुष बस्नेत, कृष्ण खड्का, विमर्श पोख्रेल, अनुभव भुसाल, अनुष्का रेग्मी, नौबाट ईशा धिताल, दशबाट दर्शना घोडासैनी, प्रतिष्ठा पार्धे, एघारमा समीक्षा हमाल, दिनेश डाँगी, सन्देश धिताल, कक्षा १२ बाट रविन गौतम र अपराजिता पार्धेलगायत कक्षागत रुपमा द्वितीय र तृतीय भएकालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा तेह्रौँ सागमा प्रतिनिधित्व गरेका सोही विद्यालयमा पढेका अरुणा रिजाल, सिमान्त पाण्डेलाई सम्मान गरिएको थियो भने बंगलादेशमा भएको १५ वर्ष मुनिको साफको ऐतिहासिक फुटबलमा विजेता बन्न सफल टीमकी सदस्य विद्यालयकी छात्रा अन्जना पुनलाई नगद १० हजारसहित सम्मान र १७ वर्षमुनिको साफ फुटबलमा प्रतिनिधित्व गरेका विनोद केसीलाई पनिन नगद १० हजारसहित सम्मान गरिएको थियो ।
वार्षिकोत्सवमा विद्यालयको शैक्षिक गतिविधिका बारेमा स्कुलका प्रिन्सिपल विजयमान जिएमले जानकारी गराएका थिए । कार्यक्रममा प्रिन्सिपल जिएमले २०६८ सालमा स्थापना भएको विद्यालयमा हाल २ हजार ८३२ जना विद्यार्थीहरु अध्ययरत रहेको बताए । स्थापनाकालदेखि नै विद्यालयलले शैक्षिक र खेलकुद क्षेत्रमा फड्को मार्दै आएको बताउँदै विद्यालयमा माध्यमिक शिक्षा पुरा गरेर बाहिर गएका विद्यार्थीहरुले निशुल्क छात्रावृत्ति प्राप्त गर्नुका साथै लोकसेवा आयोगमा समेत उत्कृष्ट नतिजा लिई नाम निकाल्न सफल भएको जानकारी गराएका थिए ।
कार्यक्रममा सातै प्रदेशको झल्को दिने सांस्कृतिक भेषभूषासहितका नृत्य, अहिलेको परिवेश झल्काउने नाटक पनि प्रस्तुत गरिएको थियो । साथै वार्षिक उत्सवको अवसर पारेर स्कुलले मुखपत्र पनि विमोचन गरेको छ । यसैबीच गोरखा सेकेन्डरी स्कुलका छात्रछात्राले विज्ञान प्रदर्शनीको आयोजना गरे ।
विज्ञान प्रर्दशर्नीमा स्मार्ट सिटीको परिकल्पना, हरियाली शहर, हाइड्रोलिक पुल, क्रसर उद्योग, विद्युतीय ढिकि, घरहरु, हाइड्रोपावर, वाटर साइकल, ज्वालामुखी, सिँचाइ, पार्क, फुलवारीलगायत विज्ञान सम्बन्धि तयार पारिएका नमूनाहरु सामग्री वार्षिकोत्सव समारोहमा आउनु भएकाहरुका लागि प्रदर्शनी गरिएको थियो ।एकेडेमीक निर्देशक दुर्गाबहादुर केसीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण शिक्षक कमल भण्डारी र पूर्णविक्रम डाँगीले गर्नुभएको थियो ।