शान्तिनगरमा कांग्रेसको २ दिने अभिमुखीकरण कार्यक्रम

दाङ,१८ पुस । दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेसले पालिकास्तरीय २ दिने अभिमुखीकरण कार्यक्रम सोमवारदेखि सुरु भएको छ । सोमवार एक कार्यक्रमकोे आयोजना गरि शान्तिनगर–४ जुम्लेकुलामा २ दिने अभिमुखीकरण कार्यक्रम उदघाटन गरिएको हो ।

नेपाली कांग्रेस शान्तिनगरका सभापति झलक केसीको सभापतित्व तथा नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यता एवं नेपाली कांग्रेसका नेता तथा महाधिवेशन प्रनितिधि केशव आचार्यको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका दाङका सचिव अर्जुन योगी, सहसचिव सुबोधकुमार डाँगी, महाधिवेशन प्रतिनिधिहरु टिकाराम घर्ती, विमल रिजाल, क्षेत्रीय सचिव शोभाकर सापकोटा, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, उपाध्यक्ष प्रेमा केसी (बुढाथोकी)लगायत नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस शान्तिनगरका उपसभापति दोर्णवहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद मन्तव्य कोषाध्यक्ष थमनप्रसाद कडेलले गरेका थिए भने सहजीकरण सचिव दिपक लामिछाने र रोशन रावतले गरेका थिए ।

अभिमुखीकरण कार्यक्रमको पहिलो दिनमा नेपाली कांग्रेसको इतिहास, राजनिति क्रान्ति, राजनिति आदर्श लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षकहरुमा नेपाली कांग्रेसका दाङका सचिव अर्जुन योगी, निशान्त आचार्य र यादव गिरी रहेका छन् । अभिमुखीकरण कार्यक्रममा शान्तिनगर गाउँपालिका भित्रका पार्टीका नेता तथा कार्यकर्ताको उत्साहजन उपस्थिति रहेको छ ।