दाङ,१८ पुस । ग्लोबल आईएमई बैंकको १६ औं बार्षिक उत्सवका अवसरमा घोराही शाखाले रक्तदान कार्यक्रम गरेको छ ।
सोमवार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेर घोराही शाखाले रक्तदान कार्यक्रम गरेको हो । ग्लोबल आईएमई बैंक घोराही शाखाको आयोजना तथा रक्त संचार केन्द्र घोराहीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ८३ जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रम ग्लोबल आईएमई बैंक लम्विनी प्रदेशका प्रमुख रवि श्रेष्ठ र घोराही शाखा प्रमुख डिल्लीराज भुसालले सइुक्त रुपमा गरेका थिए ।