दाङ,१५ पुस । ओली बंशावली तयार गरिने छ । ओली बंश समन्वय समिति दाङको आयोजनामा शुक्रवार घोराहीमा भएको भेला तथा अन्तरक्रिया कार्यक्रमले ओली बंश समन्वय समितिका केन्दीय अध्यक्ष हरि वली, छविकिरण वली, डा बिनबहादुर वली,जागेश्वर वली र अमरबहादुर वली सदस्य रहेको बंशावली तयारी समिति गठन गरेको हो ।
कार्यक्रमले ओलीहरुको उद्गमस्थल सामाखोला मारढुंगामा कुलदेवकोता चित्रालेखी पिनालेखी मन्दिर निर्माण गर्ने निर्णय गरेको छ । जसका लागि आर्थिक तथा जग्गा संरक्षण समिति गठन गरेको छ । जसमा ओली बंश समन्वय समिति दाङका अध्यक्ष रेखबहादुर ओली, मिनराज ओली, उमबहादुर ओली, टोपबहादुर ओली, डा.चित्रबहादुर ओली, डम्मर ओली र दिपक ओली रहेका छन् ।
यसैगरी बेचन ओली, नेत्रलाल ओली, सोमबहादुर ओृली, गणबहादुर ओली, दिपा ओली, केशव ओली, इन्द्र ओली रहेको संगठन निर्माण समिति, ललितबहादुर ओली, दलबहादुर ओली,हरिबहादुर ओली,मिनराज ओली र रेखबहादुर ओली सदस्य रहेको अनुगमन समिति गठन गरेको छ । बैठकले कानुनी सल्लाकारमा प्रेम ओलीलाई चयन गरेको छ । समाजका लागि दाताहरुले नारायणपुर र मनिकापुरमा दिएको जग्गाको संरक्षण गर्ने तथा समाजको वृह्त भेला गर्ने समेत निर्णय गरेको छ ।
ओली बंश समन्वय समिति दाङका अध्यक्ष रेखबहादुर ओलीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष हरि ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष बेचन ओली, केन्द्रीय संरक्षण अम्मर ओली,जागेश्वर ओली, प्रदेश अध्यक्ष मिनराज ओली, जिल्ला सल्लाबहादुर डा.बिनबहादुर वलीलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण समाजका जिल्ला सचिव दिपक वलीले गरेका थिए ।