कराते संघको कार्याल भवन शिलान्यास

लक्ष्मण बस्नेत
दाङ, ६ पुस । नेपाल सितोरियो कराते संघ दाङले निर्माण गर्न लागेको संघको कार्यालय भवनको आज बुधबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।

तुलसीपुर ९ अमृतनगर टोल बेलुवामा निर्माण गरिन लागिएको पक्की भवनको नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बलराज नेपाली र नेपाल सितोरियो कराते संघ दाङका अध्यक्ष पदमबहादुर बस्नेतले सामुहिक रुपमा शिलान्यास गर्नु भएको हो ।

लुम्बिनी प्रदेश युवा तथा खेलकुद मन्त्रालय अन्तरगत सामाजिक बिकास डिभिजन कार्यालय तुलसीपुरको १० लाख र संघको १ लाख ९८ हजारको श्रमदान गरि कुल ११ लाख ९८ हजारमा भवनको निर्माण कार्य सम्पन्न गरिने भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष तथा संघका सचिब मोहलाल थापाले जानकारी दिएका छन।

अध्यक्ष थापाका अनुसार ८ मिटर लम्बाई र ५ मिटर चौडाइ रहेको एक कोठे भवनको शिलान्याससंगै आजबाट निर्माण कार्य सुरु गरिएको छ । भवनको निर्माण कार्य पुस मसान्तसम्ममा सम्पन्न गरिनेछ । त्यस अबसरमा संघका सदस्य देउचन केसि,पुस्पा नेपाली,प्रतीक्षा बिसि भवन निर्माण उपभोक्ता समितिका सदस्य पुतली नेपाली, सुरेश नेपाली लगाएतको सहभागिता रहेको थियो ।