दाङ,३ पुस । थारु भाषामा प्रकाशित लौव अग्रासन साप्ताहिक पत्रिका १५औँ प्रवेश गरेको छ । दाङको घोराहीबाट प्रकाशन भइराखेको यो पत्रिकाले थारू भाषा, कला, संस्कृतिको संरक्षण र प्रबद्र्धनमा मुख्य भूमिका खेलेको छ ।
२०६४ सालमा पत्रिका स्थापना भएको थियो । १५औँ प्रवेशको अवसरमा पत्रिका प्रकाशन टिमले औपचारिक कार्यक्रम समेत सम्पन्न गरेको छ । पत्रिकाका प्रधान सम्पादक कुलविर चौधरीको अध्यक्षता एवम् नेपाल प्रेस काउन्सिलका केन्द्रीय सदस्य शरद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रम काउन्सिलका सदस्य अधिकारीले थारु भाषा, कला संस्कृतिको संरक्षणमा पत्रिकाले भूमिका खेलेको चर्चा गरेका थिए । साथै उनले थारू समुदायको अधिकार प्राप्तिको लागि चेतना जगाउने काम गरेको बताए । पत्रिकाका सम्पादक सन्तोष दहितको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गाालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्ष सविन प्रियाशन, प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसी, पत्रिकाका सल्लाहकार बालकृष्ण चौधरी, थारू कल्याणकारिणी दाङका अध्यक्ष भूवन चौधरी र सचिव प्रकाश चौधरीले मन्तव्य राखेका थिए । कार्यक्रममा साहित्यकार राजकुमार कान्छा, लब्लीन क्यानभास र हिमलाल चौधरीले कविता वाचन गरेका थिए । कार्यक्रममको सहजीकरण पत्रकार नवीन चौधरीले गरेका थिए ।