महिला मानवअधिकार रक्षकहरुको अवस्था बारे छलफल

  •   
  •  

दाङ,१३ मंसिर । घोराहीमा महिला मानवअधिकार रक्षकहरुको अवस्था बारेमा छलफल भएको छ । महिला मानवअधिकार रक्षकहरुको संञ्जाल दाङको आयोजना तथा महिला पुनस्र्थापना केन्द्र (ओरेक दाङ) को सहकार्यमा भएको कार्यक्रममा महिला मानवअधिकार रक्षकहरुको अवस्था, समस्या र चुनौतिका विषयमा छलफल भएको थियो ।

‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको अभियानका क्रममा सोमवार घोराहीमा भएको छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले महिला मानवअधिकारका लागि एकतावद्ध भएर सवै लाग्नुपर्ने बताएका थिए ।

महिला मानवअधिकार संञ्जाल दाङका अध्यक्ष सुशीला पौडेलको अध्यक्षमा भएको कार्यक्रममा महिला मानवअधिकारका क्षेत्रमा क्रियाशिल विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।