विद्यालयमा अक्ष्यकोष स्थापना
तीर्थराज ज्ञवाली
दाङ,१३ मंसिर । देउखुरीको गढवा गाउँपालिका– १ बडहरास्थीत श्री आदर्श प्राथमिक विद्यालयमा विद्यालय तथा विद्यार्थीको शैशिक सुधारमा सहयोग पु¥याउने उदेश्यका साथ अक्षयकोष स्थापना गरिएको छ ।
राप्ती गाउँपालिका वडा नं ३ मसुरीया निवासी टोपाराम शर्मा, गढवा गाउँपालिका वडा नं १ बडहरा निवासी शशीधर शर्मा तथा नवराज शर्माको परिवारले स्वर्गीय सावित्रा उपाध्याय अधिकारीको सम्झनामा तिथि श्राद्धको दिन पारेर विद्यालयमा अक्ष्यकोषको स्थापना गरेका हुन । ।
नाताले देवरको छोरा भतिजो पर्ने नवराज शर्माको घरमा रहेर जीवनका अन्तिम क्षणहरु ब्यतित गरेकी स्वर्गीय सावित्रा उपाध्याय अधिकारी शिक्षा प्रेमी रहेकाले यस क्षेत्रका जेहेन्दार विद्यार्थीलाई पढाईमा सहयोग पु¥याउने उद्देश्यले अक्ष्यकोष स्थापना गरेका हुन । उनीहरुले बार्षिक रुपमा पुरस्कार दिने गरि ५१ हजार १ सय ११ रुपैयाको सावित्रा उपाध्याय अधिकारी स्मृति अक्षयकोषको स्थापना गरेको संरक्षक नवराज शमाले जानकारी दिएका छन् ।
विद्यालय ब्यवस्थापन समिति अध्यक्ष चुरामणी गिरीको अध्यक्षतामा भएको अक्ष्यकोष वापतको रकम हस्तान्तर कार्यक्रममा प्रधानाध्यापक ओमबहादुर मगर, भरत अधिकारी, विष्णु बहादुर कुवर, सुर्यबहादुर नेपाली, लक्ष्मी शर्मा, शिवा शर्मा, पवित्रा शर्मा, शरद शर्मा, केशव पौडेललगायतको उपस्थीति रहेको थियो ।
