मुस्ताङ,५ मंसिर । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली प्रतिनिधिसभा सदस्यका लागि मुस्ताङबाट विजयी भएका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार थकालीले नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९ सय १४ मत अन्तरले हराएर बिजयी भएका हुन ।
बिजयी थकालीले ३ हजार ९९२ मत पाए भने प्रतिद्वन्दी तुलाचनले ३०७८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रविण कुमार शेरचनले १३ मत पाएका छन् ।