दाङ,१ मंसिर । गठबन्धनका उम्मेदवारहरूले मंसिर ४ गते हुने निर्वाचनमा मतदान गरी आपूmहरूलाई विजयी गराउन अनुरोध गर्दै मतदाताको घरघरमा निमन्त्रणा कार्ड पठाएका छन् । प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार रेखा शर्मा, प्रदेशसभा सदस्य क्षेत्र नं. २(१) र प्रदेशसभा क्षेत्र नं. २(२) का उम्मेदवार प्रचण्डविक्रम न्यौपानेले फोटोसहितको कार्ड बनाएर मतदाताको घरघरमा पठाएका छन् ।
निमन्त्रणा कार्डमार्फत उम्मेदवारहरूले राष्ट्रियता, लोकतन्त्र र संविधान रक्षा तथा दाङको समृद्धिप्रति आपूmहरू प्रतिबद्ध रहेको भन्दै मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ गोलाकार भित्रको हँसिया हथौडा र प्रदेशसभातर्फ चुनाव चिह्न रूखमा मतदान गरी विजयी गराउन मतदातालाई अनुरोध गरेका छन् ।
साथै निमन्त्रणा कार्डमा ‘निर्वाचनका क्रममा यहाँहरूको घरदैलोमा पुग्ने अत्यधिक प्रयास गरिरहे पनि समयको सीमितताका कारण पुग्न नसकेको अवस्थामा यसै निमन्त्रणालाई उपस्थिति मानिदिनहुन सादर अनुरोध गर्दछौ’ भनिएको छ ।