बंगलाचुलीमा पाटी प्रवेश गराउँदै उम्मेदवार खनाल

दाङ, २३ कार्तिक । पडाही क्षेत्र प्रवेश गरेका प्रदेशसभा सदस्यका उम्मेदवार राजु खनालले पाटी प्रवेश गराउन सुरु गरेका छन् । जिल्लाको बंगलाचुली गाउँपालिका पुगेका खनाले दैनिक पार्टी प्रवेश गराइ राखेका छन् ।

नेकपा एमाले परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गराएका हुन । वुधवार बंगलाचुली गाउपालिका वडा नं ४ मा जागेश्वर तिवारीको नेतृत्वमा ३६ जनालाई प्रवेश गराएका हुन । टिका र मालालगाएर उनीहरुलाई प्रवेश गराइएको हो । हिजो पनि बंगलाचुली एमाले परित्याग गरि ४६ जना गठबन्धनमा प्रवेश गरेका थिए ।

बंगलाचुली गाँउपालिका विभिन्न स्थानबाट एमाले पार्टी परित्याग गरि गठबन्धनमा प्रवेश गरेका हुन् । लापेबाट लालबहादुर सारू र रोशन बुढाको नेतृत्वमा ४२ जना, धोतेबाट रिमबहादुर सारू सहित ३ जना र घरीचोरबाट प्रेम बहादुर अधिकारीलाई प्रतिनिधी सभा सदस्य पदका उमेद्वार रेखा शर्मा, प्रदेश सभा सदस्य पदका उमेद्वार राजु खनाल लगायत नेताहरूले पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश गर्नेहरूले एमालेले जनताको हितमा काम गर्न नसकेको र ठुला ठुला आश्वासनमात्र बाढ्ने गरेकाले परित्याग गरेको बताएका थिए ।