संसद विघटन गर्नेलाई होइन बचाउनेलाई जनताले विश्वास गर्नेछन : उम्मेदवार खनाल
दाङ, २२ कार्तिक । प्रदेशसभा उम्मेदवार राजु खनालले संसद विघटन गर्ने एमालेभन्दा संविधानको संरक्षण गर्ने गठबन्धनका उम्मेदवारहरुलाई विश्वास गर्ने बताएका छन् । दाङ क्षेत्र नं २ (१) का उम्मेदवार खनालले उपलव्धी रक्षा गर्ने र विकासका लागि गठबन्धन भएको बताएका हुन ।
दाङको पहाडी गाउँपालिका बंगलाचुलीका विभिन्न स्थानमा भएका चुनावी सभा तथा भेटघाटहरुलाई सम्वोधन गर्दै उम्मेदवार खनालले विगतको पाँच बर्षलाई मुल्याङकन गरेर मतदातालाई भोट हाल्न आग्रह गरेका छन् ।
‘गएको निर्वाचनमा तपाईले मत दिएर जिताएका उम्मेदवारले भने अनुसारको काम गरेकी गरेरनन’,उम्मेदवार खनालले भने,‘आउने निर्वाचनमा त्यसलाई सम्झेर मतदान गर्नुहोला । नत्र फेरी विकास गर्छु भनेर जानेले संविधान विगठन नगर्लान भन्न सकिदैन । त्यस क्रममा उम्मेदवार खनालले मतदाताका समस्याहरुको वारेमा जानकारी लिनुभएको थियो ।
खनालसंग स्थानीयले आफनो स्थानमा रहेका समस्याका वारेमा जानकारी गराएका थिए । मतदाताको समस्याका वारेमा जानकारी लिदै खनालले विगतदेखि नै बंगलाचुलीको विकासका लागि पहल गरेको भन्दै आगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताएका थिए ।
‘म हिजो पनि यहाँको विकासका लागि जनताको साथमा थिए । भोलि पनि हुने छु’,उम्मेदवार खनालले भने,‘त्यसका लागि अहिले संसदमा पठाउने अवसर आएको छ । त्यसलाई खेर जान नदिनका लागि सवै जुटौ ।’ देशका लागि गठवन्धन आवश्यक रहेकाले गठवन्धनका उम्मेद्वारहरुलाई विजयी वनाउन समेत खनालको आग्रह थियो ।
