Goraksha

National Daily

युवाहरुलाई विवेक प्रयोग गरेर मतदान गर्न पूर्वमन्त्री शर्माको अपिल

घाेराही, १८ कार्तिक । पूर्वमन्त्री एवं प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले युवाहरूलाई विवेक प्रयोग गरेर मतदान गर्न अपिल गर्नुभएको छ ।

युवाहरूको हातमा मुलुक आउनुपर्ने उल्लेख गर्दै पूर्वमन्त्री शर्माले यतिबेला युवाहरु सचेत भएर अगाडि बढ्नुपर्ने बताउनुभयाे । ‘अहिले युवाहरूलाई राजनीति प्रति वितृष्णा फैलाउने काम भएकाे छ, सबै नीतिको मुल नीति राजनीति हाे,’ उहाँले भन्नुभयाे, ‘राजनीति सुधारकाे लागि युवाहरू नै राजनीतिमा आउन जरूरी छ ।’

बहुदलीय व्यवस्थामा स्वतन्त्र भनिनेहरूले देशकाे नेतृत्व गर्न नसक्ने उल्लेख गर्दै शर्माले हरेक पार्टी भित्र युवाहरूलाई प्राेत्साहन गर्नुपर्ने आवश्यकता ओैंल्याउनुभयाे । ‘स्वतन्त्रकाे नाममा युवाहरूलाई निराशा बाड्ने काम भइरहेकाे, याे निराशाले अराजकता मात्र निम्तिन्छ,’ उहाँले भन्नुभयाे, ‘राजनीतिकाे सुधार गर्न युवाहरू राजनीतिमै प्रवेश गर्नुपर्छ ।’

मुलुक सुधारका लागि आफूहरूले किशोर अवस्था देखि नै राजनीतिमा हाेमिएकाे बताउदै महराले अब पनि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयाे । ‘हामी पनि राजनीतिमा युवाहरूकाे प्रवेश हाेस् भन्ने मान्यता राख्दछाैं,’ उहाँले भन्नुभयाे, ‘हरेक पार्टीले युवाहरूलाई अवसर दिनुपर्छ ।’