शिवराज गौतम कम्युनिष्ट आदर्श हाे : शर्मा

दाङ,३१ असोज । । प्रतिनिधीसभा सदस्य दाङ क्षेत्र नं.२ का उम्मेदवार रेखा शर्माले कम्युनिष्ट बिचारकाे बजाराेपण गर्न शिवराज गौतमकाे खेलेकाे भुमिका महत्त्वपूर्ण रहेकाे बताउनु भयाे ।

अग्रज कम्युनिष्ट नेता एवं संबिधानसभा सदस्य शिवराज गौतमकाे नवौ समृति दिवसका अबसरमा आयाेजित कार्यक्रम बाेल्दै उहाले यस्तो बताउनु भएको हाे । त्यस अबसरमा बाेल्दै शर्माले शिवराज गौतमकाे कम्युनिष्ट आदर्शलाई सबैले पछ्याउन सकेमात्र उहाँप्रती सच्चा श्रद्वाञ्जली हुने धारणा राख्नुभयाे ।

कार्यक्रमकाे प्रमुख अतिथि एंव दाङ क्षेत्र नं.२ का उम्मेदवार रहनु भएकी शर्माले कम्युनिष्ट बिचारबाट धेरै मान्छेहरू बिचलित हुदै गएको भन्दै अब शिवराज गौतम जस्तै निष्ठाकाे राजनिती गर्न सकिन्छ कि सकिदैन भन्ने प्रश्न हाम्रा सामु देखा परेका छन् भन्नूभयाे । नवौ स्मृति दिवस कार्यक्रम नेकपा माओवादी केन्द्र घाेराही नगर कमिटीका अध्यक्ष रमेश ओलीको अध्यक्षतामा सम्पन्न भएको थियाे ।