दाङ,२१ असोज । नेकपा एमालेले दाङका ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाएको हो ।
जस अनुसार दाङ–१ मा शान्ता चौधरीले टिकट पाएकी छन् । प्रदेशसभा तर्फ (क) मा गंगाराम भट्टराई र (ख) मा कुलप्रसाद केसीले टिकट पाएका छन् ।
दाङ–२ मा शंकर पोखरेल उम्मेदवार बन्ने छन् । प्रदेशसभा तर्फ (क) बलिभद्र राना र (ख) मा गिरिराज केसीले टिकट पाएका छन् । क्षेत्र न २ मा प्रतिनिधिसभाका लागि पोख्रेल र प्रदेशसभाका लागि रानाको एकल सिफारिस भएको थियो ।
दाङ–३ मा कोमल वलीले टिकट पाएकी छन् । प्रदेश तर्फ (क) मा घनश्याम पाण्डे र (ख) हुकुमबहादुर बस्नेत उम्मेदवार बन्ने भएका छन्