चाडपर्व लक्षित बजार अनुगमन, ठुला पसलले नै राख्दैनन् मुल्य सूची

तुलसीपुर, १५ असोज । यो वर्षको वडा दशैं शुरु भएको छ । सदाको जस्तै चाडपर्व लक्षित अनुगमन पनि सुरु भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरमा शुक्रवार गरेको अनुगनका क्रममा ठुला ठुला डिपाटमेन्ट स्टोरहरले नै मुल्य सुची नराखेको पाएको छ । अन्य न्यूनतम मापदण्ड पुरा गरेपनि मुल्य सुचि भने केहिले नदेखिने गरी राखेको र केहिले नराखेको पाईएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले जानकारी दिइन् ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहितको टोलीले तुलसीपुरका विभिन्न आधा दर्जन डिपाटमेन्ट स्टोरमा अनुगमन गरेको थियो ।

अनुगमनका अवसरमा मुल्य सूची देखिने गरि राख्न म्याद गुर्जेका सामानहरु दैनिक चेकजााच गरि हटाउन निर्देशन दिएको थियो । सो अवसरमा उपप्रमुख चौधरीले चाडपर्वमा हुने गरेको कालोबजारी र उपभोक्ताहरुको हकहित संरक्षणका लागि आफुहरुले अनुगमन गरेको भन्दै यसलाई निरन्तरता दिने बताइन् । ‘सवैले आफ्नो क्षेत्रबाट इमान्दारीता निभाउनु पर्छ चाहे त्यो व्यापारी होस वा सर्वसाधारण’, उनले भनिन् । त्यस्तै पहिलो पटक मुल्य सूचि नराखेकाहरुलाई राख्न निर्देशन दिएको र आगामी दिनमा पनि नराखे कारवाही हुने बताएको छ ।

अनुगनमा सहायक प्रमुख जिल्ला अधिकारी पुनले आफुलहरु फेरी पनि अनुगमनमा आउने भन्दै तत्काल देखिने गरि खाद्य बस्तुको मुल्य सुचिहरु राख्न निर्देशन दिइन् । ‘जिल्लामा बजार अनुगमन नियमित हुन्छ नियम नमाने र कालोबजारी भएको पाएमा निर्देशिका अनुसार कारवाही हुन्छ’–उनले भनिन् ।

अनुगनमा उपमेयर चौधरी सहित सहायक जिल्ला अधिकारी सावित्रा पुन, शाखा अधिकृत टंकराज गौतम, नासु भुपेन्द्र सिंह थापा, तुलसीपुर उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराई, प्रहरी पत्रकारहरुको सहभागीता रहेको थियो । साथै सर्वसाधारणहरुले चाडपर्व लक्षित अनुगमन भन्दा दैनिक अनुगमन गर्न सुझाव दिएका थिए ।