रुकुम पूर्वमा बस दुर्घटना, ४ जनाको मृत्यु
रुकुमपूर्व,६ असोज । रुकुम पूर्वमा बस दुर्घटना भएको छ । बिहीबार दिउँसो साढे २ बजे रुकुम पूर्व जिल्लाको भूमे गाउँपालिका –३ क्याङ्सी बगरमा बस दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँदेखि रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटना स्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जानकारी दिएका छन् ।
समाचार तयार पार्दा सम्म मृत्यु भएकाहरूको परिचय खुल्न नसकेको डिएसपी डाँगीले बताए । १७ जना सवार रहेको बस क्याङ्सी बगरस्थित मध्यपहाडी राजमार्गदेखि अन्दाजी १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।