तुलसीपुर नगरस्तरिय वातासिनो कप फुटबल प्रतियोगिता हुने

  •   
  •  

लक्ष्मण बस्नेत
दाङ, ५ असोज । दाङको तुलसीपुरमा तुलसीपुर नगरस्तरिय वातासिनो कप फुटबल प्रतियोगिता–२०७९ हुने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को सहायक संगठन युवा जनस्वयंसेवक नेपाल दाङको आयोजना तथा दाङ वातासिनोको सहयोगमा अरनिको मैदान तुलसीपुरमा प्रतियोगिता संचालन हुने भएको छ । प्रतियोगिता यहि असोज १० गतेदेखि सुरु हुनेछ ।

फुटबल खेलको बिकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रमा स्थापित क्लबका १२ बढी टिमको सहभागिता रहने आयोजक युवा जनस्वयंसेवक नेपाल दाङका अध्यक्ष अजय दुलालले जानकारी दिएका छन् ।

चार दिनसम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता टिमले नगद २५ हजार रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष दुलालले बताए । यसैबीच प्रतियोगितालाई भब्य एवं सभ्य रुपमा सम्पन्न गर्न आफ्नो तयारीलाई तिब्र पारेको आयोजकले बताएको छ ।

आयोजकका अनुसार प्रतियोगिताको असोज ९ गते दिउँसो २ बजेसम्म टिम दर्ताको समय राखेको छ भने ३ बजे टाईसिट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै प्रतियोगितामा सहभागी टिमका लागि दर्ता शुल्क ५ हजार रुपैयाँ राखिएको आयोजकले जानकारी दिएको छ ।