दाङ,२९ भदौ । घोराही उपमहानगरपालिका–१२ मा रहेको हापुर माध्यामिक विद्यालयले ५८ औं बाल दिवसका अवसरमा बालगीत तथा चकलेट दौड प्रतियोगिता गरेको छ । विद्यालयले बुधवार नर्सरीदेखि ३ कक्षासम्मका विद्यार्थीहरुका लागि मिठाई दौड तथा ४ कक्षादेखि १२ कक्षासम्ममा अध्ययनरत विद्यार्थीका लागि बालगीत प्रतियोगिता गरेको हो ।
प्रतियोगितामा नर्सरी÷युकेजीको मिठाई दौड प्रतियोगितामा युकेजीका अभिशेक चौधरी प्रथम,युजेकीका राजीव चौधरी द्धितिय र सोही कक्षाका सौरभ चौधरी तृतीय भएका थिए । यसैगरी कक्षा १–३ सम्मको मिठाई दौड प्रतियोगितामा कक्षा ३ का सम्झना घर्ती प्रथम, कक्षा २ का सुवास सार्की द्धितिय र कक्षा १ का मिसन नेपाली तृतीय भएका थिए ।
बालगीत प्रतियोगिता कक्षा ३–५ सम्मतर्फ कक्षा ४ का विवश चौधरी प्रथम, सोही कक्षाका अनुल चौधरी द्धितिय, सोही कक्षाका भावना बुढा तृतीय र कक्षा ३ का रेश्मा छिनाल सन्त्वना भएका थिए । बालगीत प्रतियोगितातर्फ कक्षा ६ देखि १२ कक्षासम्मका विद्यार्थीको प्रतियोगितामा ११ कक्षाकी मनिषा घर्ती प्रथम, १२ कक्षाकी मनिषा डाँगी द्धितिय, ८ कक्षाकी भावना, शारदा र गंगा तृतीय र बिमला बस्नेत, देवी रेउले र सस्कृती बस्नेत सान्त्वना भएका थिए ।
मौलिक शैलीका गीतहरुलाई प्राथमिकता दिइएको प्रतियोगितामा विद्यालयमा अध्ययनरत ३४ जना बालबालिकाहरुको प्रतियोगितामा सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णाक समितिको संयोजकमा शिक्षक बिन्दु डाँगी रहेकी थिइन । समितिको सदस्यहरुमा शिक्षकहरु सरला गौतम र बिमल न्यौपाने रहेका थिए ।

हापुर माध्यामिक विद्यालय बाल क्लवका अध्यक्ष जमुना बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सीपल अर्जुन न्यौपान, विद्यालयका शिक्षक हेमन्त गौतम, विद्यालयका शिक्षक तथा बाल क्लव संयोजक शारदा घर्ती, निर्णायक समितिको तर्फबाट सरला गौतमलगायतले बोलेका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका बालबालिका तथा महिला विकास महाशाखा प्रमुख मोती विश्वकर्मा, सामाजिक विकास महाशाखाका कल्पना केसी, दाङ महिला जेसीजका पूर्व अध्यक्ष तथा युटर्न इन्टरनेशनल डिष्टिव्यूटर्स बिन्दु गिरी, दाङ महिला जेसीजका पूर्व अध्यक्ष तथा युटर्न इन्टरनेशनल नवलपुर केन्द्रका प्रमुख जीवा भुषाललगायतले सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण कक्षा १२ मा अध्ययनरत छात्रा जया बस्नेतले गरेकी थिइन ।