शिव राज खनाल
देउखुरी,२६ भदौ । दाङको लमहीमा रहेको लमही चेम्बर अफ कमर्शको पद हस्तान्तरण गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरेर पद हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा चेम्वर अफ कमर्शका निवर्तमान अध्यक्ष अजय न्यौपानेले नवनिर्वाचित अध्यक्ष सितल भुसाललाई पदभार हस्तारण गरेका हुन् । पद हस्तान्तरण गर्दै न्यौपानेले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण कामका बारेमा जानकारी गराउँदै कोराना सचेतना अभियान, नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान लगायतका कामहरु सम्पन्न गरेको जानकारी गराएका थिए ।
कार्यक्रममा लमही चेम्बरका सदस्य ऋषि खनालले नयाँ समितिका पदाधिकारीहरूको कार्य सफलताको शुभकामना दिँदै सामाजिक कार्यमा हातेमालो गरी काम गर्ने अनुरोध गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष भुसालले आगामी कार्ययोजनाको बारेमा जानकारी गराउँदै चेम्बरले एम्बुलेन्स खरिद गर्ने ,डेगु रोगबाट नागरिक बचाउनका लागि सचेतना मुलक कार्यक्रम गर्नेलगायतका योजनाहरु रहेको बताएका थिए ।
कार्यक्रममा लमही चेम्बर अफ कमर्शका महासचिव केशब अधिकारी, सदस्य सवी अधिकारी,कमला चुदाली, प्रमोद गौतम, प्रमोद बस्नेत, निर्मला ज्ञवाली, चुडामणी आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।