जनताको साथमा कांग्रेस अभियानले एकताबद्ध हुन मद्धत गरेको छ : केन्द्रीय सदस्य घिमिरे

दाङ,२१ भदौ । नेपाली कांग्रेसकाका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले जनताको साथमा कांग्रेस अभियानले कार्यकर्ताहरुलाई एकताबद्ध गर्न मद्धत गरेको बताएका थिए।

नेपाली कांग्रेस दाङ जिल्ला क्षेत्र नं २(क) ले जनताको साथमा कांग्रेस अभियान अन्तरगत मंगलबार घोराहीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता घिमिरेले नेता र कार्यकर्तालाई जोडन अभियानले महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए। साथै उनले अभियानलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले देशको बिकास र राजनीतिकस्थिरताको लागि नेपाली कांग्रेसको बिकल्प नरहेको कुरा प्रष्ट पारेका थिए। नेपाली कांग्रेस क्षेत्र नं २(क) का सभापति प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमलाई दुई चरणमा बिभाजित गरिएको थियो। पहिलो चरण सभापति प्रकाश श्रेष्ठले बिषयबस्तु प्रबेश गराएपछि फोरम खुल्ला गरिएको थियो।

कार्यक्रममा कांग्रेस घोराही-४ का सभापति नारायण जिएम, घोराही-१७ का सभापति बुझाउना चौधरी,घोराही-१५ का सभापति सुनिलकुमार देबकोटा, घोराही-१८ का सभापति केशर रावत,घोराही १९ का सभापति ज्ञानबहादुर रायमाझीले आआफ्नो वडाको अवस्था बारे जानकारी गराएका थिए।

कार्यक्रममा बिमल पौडेल,नन्दकुमार धिताल, बेदप्रकाश ढकाल,नमराज अधिकारी,हरि सुबेदी जरा,प्रदेश प्रतिनिधि जुनकुमारी बुढा,जिल्ला सदस्य सन्तोष योगीलगाएतले आ आफ्नो धारणा एवं जिज्ञासा राखेका थिए।

कार्यक्रमा बोल्ने बक्ताहरुमा महाधिबेशन प्रतिनिधि किरणकिशोर घिमिरे,गोपालराज शर्मा,नेपाली कांग्रेस क्षेत्र नं २ दाङका सभापति भीमप्रकाश खड्का,महासमिति सदस्य भुपबहादुर डांगी,कमलकिशोर घिमिरे,पुर्व पार्टी सभापतिहरु मोहनलाल वली, बीरकेशरी गौतमलगायले बोलेका थिए । बिशिष्ट अतिथि लुम्बिनि प्रदेश सदस्य एवं अभियानका प्रतिनिधि छन्द पहराइले उठेका प्रश्नहरुमाथि प्रकाश पारेका थिए।

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २(क) का सचिव माया पोखरेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव शिशिर अधिकारीले गरेका थिए ।