दाङ,२१ भदौ । इन्टर स्कूल डिभिजन कपको तयारीलाई तीव्र पारिएको छ । घोराही उपमहानगरपालिका–१७ स्थीत गुलरिया क्रिकेट मैदानको ग्राउण्डमा हुने प्रतियोगिताको मिति नजिकिदै गर्दा तयारी तीव्र पारिएको हो ।
खेल मैदानमा पिच तयार पार्नेदेखि घाँस काट्नेलगायतका कामहरु भैरहेका छन् । प्रतियोगिता यहि भदौको २५ गतेदेखि सुरु हुनेछ । ब्राइनस्टोर्मिङ इभेन्ट्सको आयोजनामा हुने प्रतियोगिताका खेलहरु लिक र नकआउट चरणमा हुने छन् ।