नेपाली कांग्रेस क्षेत्र नं. १ मा सल्लाहकार र प्रवक्ताचयन

शिव राज खनाल
दाङ,१२ भदौ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले सल्लाहार र प्रवक्ता चयन गरेको छ । क्षेत्र नं. १ को आइतवार बसेको बैठकले सल्लाहकार र प्रवक्ता चयन गरेको हो ।

कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापती भेषराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले पार्टीलाई संगठित र व्यवस्थीत बनाउँदै अगाडी बढाउन विभिन्न व्यक्तिहरुलाई सल्लाहकारमा नियुक्त गरेको छ ।

जस अनुसार राप्ती गाउँपालिका– ८ पिपरीबाट सुशीला चौधरी, गढवा गाउँपालिका– ६ बाट सकुन्तला डिसी, घोराही उपमहानगर पालिका–५ बाट खड्कबहादुर बिक, राजपुर गाउँपालिका–३ बाट रामप्रताप यादव र लमही नगरपालिका– ५ बाट रत्नप्रसाद श्रेष्ठलाई सल्लाहकार चयन गरेको छ । बैठकले क्षेत्रीय समिति सदस्य अजय न्यौपानेलाई प्रवक्ता बनाउने निर्णय गरेको छ ।

त्यसैगरी आमन्त्रित वडा सदस्यमा फनेस्वर गुप्ता भुलनलाई नियुक्त गर्ने निर्णण गरेको क्षेत्रीय प्रवक्ता अजय न्यौपानेले जानकारी दिएका छन् । पार्टीको विधान अनुसार पार्टीको सँगठनलाई मजबुत बनाउन विभिन्न समितिहरु गठन गर्दै जाने क्षेत्रीय सभापती पाण्डेयले जानकारी दिएका छन् ।