माओवादी केन्द्र दाङको इन्चार्जमा निर्मल आचार्य

दाङ,१२ भदो । नेकपा माओवादी केन्द्रले दाङ जिल्लाको इन्चार्जमा निर्मल आचार्यलाई चयन गरेको छ।

शनिबार बुटवलमा बसेको माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिको बैठकले आचार्यलाई दाङ जिल्लाको इन्चार्जमा चयन गरेको हो।

पार्टी पोलिटब्यूरो सदस्य आचार्य लामो समय सह–इन्चार्जको जिम्मेवारीमा थिए। गत वैशाखमा जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी परित्याग गरेर एमाले प्रवेश गरेपछि उक्त पद खाली थियो।