अट्वारीमा भदौ १२ गते घोराहीमा सार्वजनिक विदा

दाङ,९ भदौ । थारु समुदायको अट्वारी पर्वका अवसरमा घोराही उपमहानगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

विहीवार बसेको घोराही उपमहानगरपालिका नगर कार्यपालिकाको बैठकले भदौ १२ गते अट्वारी पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको कार्यवाहक नगर प्रमुख हुमाकुमारी डिसीद्वारा हस्ताक्षरित सूचनामार्फत जानकारी दिइएको छ ।

अट्वारीलाई थारु समुदायले महत्वपूर्ण पर्वका मनाउने गर्दछन् ।