दाङ,४ भदौ । घोराही उपमहानगरपालिका–१८ महदेवामा एकै कार्यक्रममा आमाछोरा सम्मानित भएका छन् ।
महदेवा टोल विकास सस्थाले टोलकी ज्येष्ठ सदस्य १०७ बर्षीय कुन्तादेवी घिमिरे र उनका छोरा ८७ बर्षीय पदमप्रसाद घिमिरेलाई सम्मान गरेको हो ।
टोल विकास सस्थाका अध्यक्ष गोविन्द पौडेल,सचिव मेनका पोख्रेल,कोषाध्यक्ष निरञ्जना घिमिरे, घोराही उपमहानगरपालिका वडा नं. १८ का वडा सदस्य किरण पोख्रेललगायतले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
त्यस अवसरमा टोलका सम्पूर्ण सदस्यहरुले पुष्पगुच्छा तथा टिकाले लगाएर आमाछोराको सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका थिए ।