शिवराज खनाल
दाङ,३ भदौ । नेपाल भारत सीमाक्षेत्र राजपुरमा झाडापखालाबाट एकजनाको मृत्युु भएको छ । अन्य १७ जना बिरामी भएका छन् ।
उनीहरूमध्ये तीन जनाको अवस्था भने गम्भीर रहेको छ । झाडापखाला फैलिएको खबरपछि गाउँपालिकाले शुक्रबार पालिकाका स्वास्थ्य टोली खटाइसकेको र आफू पनि प्रकोपस्थलमै रहेको गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले जानकारी दिएका छन् ।
झाडापखालाबाट पालिका–७ भैसाहीँनाका पलानगौरी निवासी ७ वर्षीया सम्झना परियारको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् ।
झाडापखाला राजपुर गाउँपालिका–७ भैसाहीँनाका पलानगौरीकी ९ वर्षीया अस्मिता बुढा, २८ वर्षिय लालमति परियार, उनकी ३ वर्षीया छोरी सपना गम्भीर बिरामी भएका छन् । स्थिति भयाबह हुन नदिन जिल्लामा डाक्टरसहितको टोली तयारी अवस्थामा राखेको छ ।