चुनावी तालमेल गरेर जाने विषयमा पाँचदलबीच सहमती

  •   
  •  

काठमाडाैं, २० साउन ।चुनावी तालमेल गरी अघाडि बढ्ने पाँच दलिय गठबन्धनले निर्णय गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवासस वालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बैठक बसेको थियो । उक्त बैठकले ११ सदस्य सिट बाँडफाँड कार्यदल बनाएर सिट बाँडफाँड समेत भदौ पहिलो अप्ता सम्म टुंगो लगाएर जाने सहमति भएको बताइएको छ ।

सिट बाँडफाँटको गृहकार्य गर्न ११ सदस्यीय कार्यदलसमेत बनेको बंठकमा सहभागि एक नेताले बताए । कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिमसातासम्म सिफारिस गर्न भनिएको छ ।