तुलसीपुर, १४ साउन । तुलसीपुरमा नयाँ व्यबस्थापनका साथ होटल भ्याली भ्यु होटल एण्ड लज सञ्चालनमा आएको छ । करिब ५ वर्ष देखि होटल को रूपमा सञ्चालनमा आएको अहिले भने नयाँ व्यबस्थापनका साथ सञ्चालन गरिएको सञ्चालक विजय गिरीले जानकारी दिए ।
करिब ५५ लाखको लगानी मा सञ्चालन भएको होटल एण्ड लजमा एसी सहितको कोठा हरु रहेका छन् । सानो उमेरमा पढाइ लाई निरन्तरता दिँदै ब्यबसायमा प्रवेश गरेका गिरी को अथक मिहिनतलाई साथ दिँदै आएकी आमा पूर्णिमा गिरी अहिले भने तुलसीपुरमा सफल ब्यबसायिको रूपमा आफूलाई देख्दा खुसी लागेको बताछिन् । उमेर सानो भय पनि सोच ठूलो भएको कारण हामी सफल भएको छौ गिरीले भनिन् ।
जीवनको उर्जाशील समय ब्यबायमा लगाउने र अबल ब्यबसाय यी को बन्ने आमा छोराको सोच छ । केही समय पहिला देखि खान र बस्नको मात्र ब्यबस्था भएको लज मा अहिले भने रेस्टुरेन्ट सञ्चालन गरी नयाँ सेवा दिँदै आएको छ ।
होटेलमा लोकल कुराको आइटम, हाँसको आएतटम लगायत अन्य टिपिकल लोकल आइटम हरु को सेवा दिने सञ्चालक विजय गिरीले जानकारी दिए । होटलको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य संघ को वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीले शनिवार एक कार्यक्रमका विच गरेका हुन ।