लागूऔषध, दुव्र्यसनी मुक्त समाज

भूपेन्द्र सुवेदी
नेपालमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले २०१२ सालमा नेपाल प्रहरीको स्थापना भएको हो । विगतदेखि वर्तमानसम्म आइपुग्दा नेपाल प्रहरीलाई सक्षम र सवल बनाउन आवश्यक विभिन्न तालिम, त्यसका लागि आवश्यक सामग्रीको व्यवस्थापनमा स्वयम् नेपाल प्रहरीको नेतृत्वले गर्दै आएको अवस्था छ । यसका वावजुद पनि ती आवश्यक सामग्रीको अभावमा नेपाल प्रहरीलाई विगतमा धेरै समस्या झेल्नु नपरेको भने होइन ।
समयको आधुनिकतासँगै दातृ तथा छिमेकी राष्ट्रहरुले आधुनिक एकुमेन्ट उपब्ध गराउँदै तथा अन्य सहयोगले गर्दा नेपाल प्रहरीलाई अनुसन्धान तथा अन्य कार्यवाहीमा सहजत हुँदै आएको अवस्था छ । योसँगै नेपाल प्रहरीले समाजसँग प्रत्यक्ष वा प्रत्यक्ष रुपमा सम्बन्ध कायम राख्ने संगठन हो । पछिल्लो समयमा देशका युवा जनशक्ति लागूऔषध तथा दुव्र्यसनीमा फसिरहेको अवस्था छ । प्रतिशतको हिसाबले ९५ प्रतिशत युवावर्ग कूलतमा फसेको तथ्यांकले पनि देखाएको अवस्था छ ।
लागूऔषध तथा दुव्र्यसनीको यो डरलाग्दो अवस्थालाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरीले आफू एक कदम अगाडि सरेको अवस्था छ । यो अत्यन्त सकारात्मक पक्ष पनि हो । नेपाल प्रहरीले समाजमा घट्ने तथा घट्नसक्ने आपराधिक गतिविधिको निगरानी तथा नियन्त्रण, लागूऔषध तथा दुव्र्यसनी नियन्त्रण गर्न सामुदायिक प्रहरीको रुपमा संस्था स्थापना गरेको छ । जसले टोल छिमेकमा समिति गठन गर्द र गठित समितिलाई मान्यता दिँदै समुदायिक प्रहरी, साझेदारी प्रहरीको पहिचान समेत बनाएको छ ।
यसले सामाजिक हितअनुरुप नै काम गर्दै आएको छ । देशैभरि आफ्नो मातहतका जिल्लाहरुमा स्थानीय सामुदायिक संघसंस्था, विद्यालय, जनस्वस्थ्यसँग समेत हातेमालो गर्दै नेपाल प्रहरीले सामुदायिक प्रहरीको कार्यवाही परिचालन गरेको अवस्था छ । लागूऔषध तथा दुव्र्यसनमा फसेकाहरुलाई सुधारगृहबाट सुधार गरेर घर फर्काउने एउटा सन्दर्भ यहाँनेर जोड्न चाहेँ । हामीलाई कौतुहलता थियो कि त्यस क्षणको जब देउला थर भएकाहरुलाई सुधारगृहबाट दुव्र्यसनीमुक्त बनाएर घर फर्काउनलाई ।
उनीहरुलाई देखेर तिनका पत्नी, पिता, माता, छोराछोरीको प्रतिक्रिया कस्तो होला भनेर । सधैँ घृणाको दृष्टिले हेरिएको परिवारहरुले सुधारगृहबाट फिरेका ती देलाहरुलाई स्वीकार्लान् वा नस्वीकार्लान् ? छोराछेरी बुबाको काखमा लुटपुटिन आउलान् या नआउलान् ? बाबुहरु आफना छोराहरुलाई स्वागत गर्न बाहिर आँगनसम्म आउलान् वा नआउलान् ? भोलिको सूर्योदयसँगै ४ जाना देउला थरकाहरुलाई दुव्र्यसनको उपचारपश्चात उनीहरुको घरमा फिर्ता पठाउँदै थियौँ ।
¥याल, सिंगान चुहाउँदै बेला–बेला ‘सिक’ हुने ती देउलाहरु जसलाई उनीहरुको वडाध्यक्षज्यूले प्रहरी शिविरमा ल्यानुभएको थियो । कमजोर स्वास्थ्य, कमजोर मनोबल र कमजोर हृदय लिएर आएका ४ जना देउलाहरु एकै टोलका बासिन्दा थिए । उनीहरुले सुइँद्वारा लागूऔषध प्रयोग गर्दा रहेछन् । जसले गर्दा उनीहरुका नाडीका नसामा नीलडाम मात्र देखिन्थे ।
सुधारगृहमा उनीहरुलाई उनका आफन्त श्रीमती, बुबा, आमा, छोराछोरीहरु भेट्न आउँदा हामीले उनीहरुको क्रियाकलाप गम्भीरताका साथ नियाल्थ्यौँ । दुव्र्यसनी युवाहरु आफन्तका सामुन्य शिर निहुराएर कुरा सुनिरहन्थे । हामीले सहजै अनुमान गर्न सक्थ्यौँ कि उनीहरु छोरा हुनुको, एउटा पति हुनुको अनि एउटा बुवा हुनुको सम्मान गुमाइसकेको र त्यो कुरा उनीहरुले महसुस गरिरहेको । हो, उनीहरुले गुमाएको त्यही सम्मान सुधारगृहमार्फत् फिर्ता गर्ने सरोकारको विषय नेपाल प्रहरीको थियो । ती देउलाहरुलाई घरपरिवार र समाथमा पुनःस्थापित गर्न हामी प्रहरीलाई हर तवरले योजनाबद्ध रुपमा काम गर्नुपथ्र्याे ।
देउलाहरुलाई घरमा लैजानका लागि जसले उनीहरुलाई शिविरमा ल्याउनुभएको थियो उहाँ नै आउनुभएको थियो । शिविरमा उपचारमा रहेका सबै सदस्यहरु हातमा फूलका थुँगा थमाइदिँदै ती देउलाहरुलाई बिदाइ गरे । घर फर्कनुको खुसीभन्दा पनि साथीभाइसँग छुट्टिनु पर्दाको पीडा उनीहरुको आँखामा देखिन्थ्यो । सबै साथीहरुले नयाँ जीवन र खुसी जीवनको शुभकामना पनि दिए ती देउलाहरुलाई । देउलाहरुले शिविरका प्रशिक्षक प्रहरीहरुलाई धन्यावद पनि दिए । वडाध्यक्षले पनि प्रहरीहरुलाई धन्यवाद टक्य्राउँछन् ।
हातमा फूलका गुच्छा लिएर शिविरबाट बाहिर निस्कँदा साथीहरुलाई बिदाईको हात हल्लाउँदै बिदा हुन्छन् । तर हाम्रो कौतुहलता भने ती देउलाहरुलाई घरपरिवारले, समाजले, आफन्त, छरछिमेकले स्वीकार्लान् या नस्वीकार्लान् भन्ने थियो । दुव्र्यसनीको उपचारपश्चात घर फिर्ता गर्दा एकजना प्रहरी अधिकृतलाई सँगै पठाउने नियम छ । जो अधिकृतले दुव्र्यसनीको उपचार पश्चात घरपरिवारको जिम्मा लगाउँदाको सम्पूर्ण माहोलको रिपोर्ट तयार गर्दछ । देउलाहरुलाई घरसम्म पु¥याउन गएका प्रहरी अधिकृतको रिपोर्ट त झन अझ रोचक छ । त्यही रिपोर्टलाई पनि प्रशंगसँग नजोडे यो कथा अधुरो जस्तै हुने छ ।
ती चारजना देउलाहरु जब मुस्कुराउँदै, उज्यालो अनुहार र फूर्तिलो शरीर लिएर गाउँमा प्रवेश गरे, टोलका सबै अचम्म मान्दै स्वागत गरे । त्यसपछि ती देउलाहरु आ–आफ्ना घरतर्फ लागे । एकजना देउलाले सँगै गएका प्रहरी अधिकृतलाई घरमा आमन्त्रण गरेका रहेछन् । उनै देउला घरमा प्रवेश गर्दा श्रीमतीको अनुहारमा खुसी र लाज दुवै मिसिएको आभास हुन्थ्यो । ‘अब तपाईँको श्रीमान सुध्रिसक्नु भएको छ’, अधिकृतको भनाइमा, ‘अब पनि नसुध्रिए फेरि त्यही शिविरमा ल्याउँछौँ’ जवाफ थियो । श्रीमतीले उत्तिखेरै श्रीमानमाथि चेतावनी दिइहालिन् ।
देउलाका छोराछोरी ‘बाबा ! बाबा !’ भन्दै काखमै आए । वर्षाँैदेखि काखमा आउन डराउने छेराछोरी आफ्नो काखमा आउँदा ती देउलाले आँसु रोक्नै सकेनन् । एक अर्को परिवारका देउलालाई दुव्र्यसनीको उपचारपछि फर्केको छोरोलाई बाबुले खुसीले स्वागत गरे । छोराको अनुहार हेर्नसम्म नचाहने बाबुले आफै स्वागत गरेर आफ्नै सुत्ने खाटमा बसालेर हालखबर सोध्दा बडा सुखद र खुीको क्षण बनेको थियो । बाबुले छोराको पिठ्युमा सुमसुम्याउँदै अब त्यस्तो बाटोमा नलाग्न पनि सुझाउन भ्याए ।
तेस्रो देउलाको घरमा देखिएको दृश्यले अनुमान नै गर्न अप्ठेरो प¥यो प्रहरी अधिकृतलाई । श्रीमती आफू सोफामा बसेकी थिइन् भने दुव्र्यसनी उपचार भएका श्रीमान भूइँको गलैँचामा । यसो हुनुमा देउलालाई आफ्नो गल्तीको आभास भएको हुनसक्ने अनुमानसम्म गर्न भ्याएछन् प्रहरी अधिकृतले । गैरजिम्मेवार भएर भौतारिने पति भएपछि घरव्यवहार श्रीमतीले नै सम्हाल्नुपर्ने अवस्था आउँछ र त्यो जिम्मेवारी श्रीमतीको रहेछ त्यो घरमा । उनैले घरको संरक्षक भएकाले त्यस्तो भएको रहेछ ।
त्यस बखत सुध्रिएका पति र नाबालक छोराछोरीमा कुनै फरक थिएन समान थियो र यस्तो हुनु पनि पथ्र्याे । र त ती देउलाले फेरि दुव्र्यसनको बाटो रोज्ने छैनन् । समग्रमा सुधारगृहबाट पिचार पाएपश्चात घर फर्केका देउलाहरुको पुनःस्थापनमा घरपरिवार, छरछिमेक खुसी थिए, दङ्ग थिए । ती देउलाहरुलाई बुढापाकाहरुले सम्झाउँदै थिए, आफन्तहरुले चेतावनी दिँदै थिए भने सबैले सुधारगृहलाई धन्यावाद दिएछन् । ती दउेलाहरुले गाउँ, टोलका सबैसमक्ष नयाँ जीवन सुरु गर्ने प्रण गरेछन् । उनीहरुले असल छोरा, जिम्मेवार पति, कर्तव्यनिष्ठ पिता बन्ने प्रतिबद्धात समेत गर्न भ्याएछन् । आफू सुध्रिएकोमा गौरव भएको महसुस उनीहरुले गरिरहेका थिए ।
त्यही खसीको माहोलमा एकजना अर्का दुव्र्यसनीमा फसेका व्यक्ति भेटिएछन् । उनी आफै आएर आफूले इन्जेक्सन लिएको र बाहिर बसेर सुध्रन नसकेको गुनासो प्रहरी समक्ष पोखेछन् । दुव्र्यसनीका कारण श्रीमतलेसमेत सहारा दिन छोडेको बताएछन् । आफूलाई दुव्र्यसनी सुधारगृहमा उपचारको व्यवस्था मिलाइदिन प्रहरीसमक्ष आग्रह समेत गरेछन् । गाउँसमाजसँग लुकेर, भागेर, टाढा भएर दुव्र्यसन गर्नेहरु दुव्र्यसनी सुधारगृह आफै खोज्दै आउनु सुधारगृहका लागि निकै ठूलो उपलब्धि थियो त्यो ।
सुधारगृहबाट सुध्रिएर बाहिर निस्किएकाहरुलाई देखेर यो प्ररेणा दुव्र्यसनीमा फसेकाहरुलाई प्राप्त र विश्वास हुनु सुधारगृहका लागि कम्ति अर्थपूर्ण थिएन हाम्रा लागि । सुधारगृहमा जाने निधो गरेका ती व्यक्तिको श्रीमतीसँग अनुरोध गर्दा लैजाने भनेछिन् । ती प्रहरी अधिकृतले आवश्यक प्रक्रिया मिलाएर सुधारगृह लैजाने वचन दिएर त्यहाँबाट फर्किएछन् ।
एअरपोर्ट नजिकैको बस्ती रहेको ती देउलाहरुको बस्तीमा किन यत्रो विधि दुव्र्यसनी ? यो विषय प्रहरीका लागि चाहिँ खोज र अध्ययनको विषय बनेको थियो ? ९५ प्रतिशत युवा दुव्र्यसनीमा फसेको तथ्यांकले देखाइरहँदा सबैलाई सुधार्न सकिएला या नसकिएला त्यो पनि खोज र अनुसन्धानको विषय हाम्रो सामू खडा थियो । तर सुधारगृहमा दुव्र्यसनीमा फसेकाहरुको आगमनको संख्या र सुध्रिएर निस्कनेको संख्याले केही परिवर्तन भने पक्कै ल्याउन सकिने आभाष हामीमा थियो ।
सुधारगृहबाट उपचार पाएकाहरुमाथि दुई वर्षसम्म प्रहरीको निगरानी रहन्छ । नेपाल प्रहरीले समाजलाई लागूऔषध र दुव्र्यसनीबाट मुक्त पार्न हरकदम खटिएको अवस्था छ । त्यसैले समाजमा बसोबास गर्ने सबै सदस्यले दुव्र्यसनीसम्बन्धी सचेतना लिनु आवश्यक छ । जो नेपाल प्रहरीले अभियानकै रुपमा चलाएको पनि छ । तसर्थ दुव्र्यसनीमा नफसौँ, कोही कसैलाई फसेको देखे नेपाल प्रहरीसमक्ष सूचना दिई आफू र समाजलाई सुरक्षित गरौँ । तपाईँको सानो सहयोगले एउटा घरको, समाजको र राष्ट्रको जिम्मेवार नागरिक दुव्र्यसनीको शिकारबाट बच्न सक्छ ।
(लेखक पूर्व प्रहरी र हाल सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाकार हुन् ।)