पर्यावरण नष्ट पार्ने पुँजीवादी राष्ट्रहरु

भूपेन्द्र सुवेदी
यो संसारमा मानब समाजले भूमिमा स्वामित्व र घर–बास बनाएर बस्न थालेको दशौ हजार बर्ष भयो भनेर मनोस्मृति र श्रृतिमा उल्लेख गरिएको छ । त्यस अबस्थामा पृथ्वीमा ८० प्रतिशत भूभाग जल जंगलले ढाकेको थियो । २० प्रतिशत मात्र आवाद थियो । त्यसबेलाका मानिसहरु कुनै प्रकारको रोगग्रस्त हुँदैनथे ।

बढीभन्दा बढी मानिसको मृत्यु हिंस्रक जनवारको आक्रमणबाट हुन्थ्यो । मृत्युको दोस्रो कारण थियो रुखबाट लड्ने र भिर पैरोबाट लड्ने । क्रमशः मानव समाजको संख्या बृद्धि र जमिनको आवादि बढ्दै गयो र जंगलको क्षेत्रफल घट्दै जान थाल्यो, सँगसँगै पानीको स्रोत पनि घट्न थाल्यो ।

ईशाको १ हजार बर्षपछि प्राकृतिक प्रकोपहरुको बिकार मानवीय अनुसन्धानको विकास पनि सँगसँगै सुरु भयो । विज्ञानको विकासको गतिलाई चुनौती दिँदै औलो, हैजा, बिफरजस्ता मानव समाजका शत्रुको रुपमा ती रोगको विकास भयो । शासकहरुको बीचमा ठूलो शासन सुरु भयो । त्यसपछि हातहतियारहरु र बिषाक्त बस्तुहरु उत्पादन गर्न थाले ।

आजको अवस्थासम्म सम्पूर्ण विश्वमा २०औँ हजार युद्धहरु भएका छन् भनिएको छ । ती युद्धहरुमा धेरै ठूलो मानव संख्याको मृत्यु भयो, कयौँ क्षेत्रमा शासकहरु सैन्य, शक्ति रोगग्रस्त भएर लड्न नसक्ने अवस्थामा पुगे । त्यो खतरनाक स्थितिको सामना गर्नका लागि कतिपय देशहरुले आ–आफ्ना युद्ध रोकेर रोगहरुको नियन्त्रण गर्न थाले ।

साँचो अर्थमा भन्दा १९औँ शताब्दीको अन्तिमतिर हैजा, औलो, बिफरजस्ता रोगहरुको नियन्त्रण गर्न सफल औषधिको पत्ता लगाए । ती रोगहरुको नियन्त्रणपछि विश्व जनसंख्याको बृद्धि यति धेरै भयो कि एैले थेग्न गाह्रो भएको छ । उदाहरणका लागि हाम्रा दुई छिमेकी राष्ट्रहरुलाई लिऔँ । दक्षिणको छिमेकी राष्ट्र ब्रिटिस साम्राज्यबादबाट १९४७ अगष्ट १५ को दिन मुक्ति पाएको थियो । त्यस मितिमा भारतको जनसंख्यामा ४० करोडमात्र थियो ।

आज भारत स्वतन्त्रता भएको करिब ७५ बर्ष मात्र भयो । ७५ बर्षको अवधिमा भारतको जनसंख्या तेब्बरले बृद्धि भएको छ । यसरी एकाएक जनसंख्या बृद्धि हुनु आफैमा आश्चर्यजनक छ । अघिल्लो आँकडा अनुसार बढेको जनसंख्याका लागि थप जमिन चाहियो । त्यसको लागि कहाँबाट प्राप्त गर्नेभन्दा जंगल मास्नुपर्ने भयो । बन फडानीसँगै पानीको स्रोत पनि घट्ने कुरा शतप्रतिशत सत्य हो ।

त्यस अनुपातमा वातावरण नाश हुने कुरा स्पष्ट छ । त्यस्तै उत्तरी छिमेकी पूर्ण स्वतन्त्रता हुँदा ६० करोड जनसंख्या थियो भनिएको छ । आज चीनको जनसंख्या कहाँ पुगिसकेको होला । जुन अनुपातमा मानव बिकासका कारणले प्रकृतिमाथि आक्रमण हुन्छ, त्यसको ठाडो असर वातावरणमा पर्दछ ।

माथि उल्लेखित कारणभन्दा पनि विश्वका ठूला ठूला राष्ट्रहरुले शक्ति प्रदर्शन गर्नका लागि निर्माण गरिएका हात–हतियार एवं रसायनिक, र अणु पावरजस्ता घातक हतियारहरुको निर्माण एवं प्रयोगले पर्यावरण ध्वस्त भइरहेको अवस्था छ । त्यसैले विश्वका ठूला ठूला पुँजीवादी राष्ट्रको चपेटामा हाम्रो वातावरण तथा पर्यावरण पनी अछुतो रहन सकेको छैन ।

यसैले अवको विश्व वातावरणको अबस्थालाई कसरी स्वच्छ राख्ने भन्ने बिषयमा हाम्रो वातावरणप्रेमी युवा जमात, समाजसेवी एवं हाम्रा पाठकज्युहरुको र आम नागरिक हरुमा हामी हाम्रो पर्याबरण, वातावरण संरक्षण अभियान जनवातावरण हितैषी विश्व व्यबस्था कायम गर्नुपर्ने अवस्था छ । किनकि आजको विश्व परिस्थितिमा भूमण्डलीय गर्मीले वातावरण संकटमा परेको छ, अर्थात जसले गर्दा आज जैव सामाजिक संकट ब्याप्त हुँदै गइरहेको छ ।

अब यस सन्दर्भमा जनपर्याबरणप्रेमी एजेन्डामा एकता सुदृढ गर्न र बहुआयामिक कार्यक्रको बिस्तार गर्नु हामी सबैको ऐतिहासिक दायित्व भएको हुँदा नेपालमा रहेका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रको अभियान्ताको रुपमान रहेको नेपालको सामुदायिक बन उपभोक्ता महासंघले बिगत २०५२ सालदेखि वन र वातावरण जैविक विविधताको संरक्षणकते भूमिका निभाउँदै आएको छ ।

जसले विश्वले संकट स्थितिमा पुराएको वातावरण संरक्षणको पाटोमा अभियान्ताको रुपमा काम गर्दै आएको छ । त्यो महत्वपूर्ण बिषयमा हाल सरकारले सबै क्षेत्रको संरचना गर्न सक्ने वन क्षेत्रको अबहेलना गर्दै आएको छ । विगत ४० बर्षदेखि जनताले वन पाल्ने अहिले उपभोग गर्दा सरकारले जेल हाल्ने नियम २०७९ को ब्यबस्था गरेकोछ । यसको बिरुद्धमा सामुदायिक बन उपभोक्ता महासंघ आन्दोलित छ ।

किनभने विश्वका वाताबरण को संरक्षणवापत दातृ निकाय तथा विश्वका ठूला राष्ट्रहरुको उद्योगबाट हुँदै आएको असरले नेपालका जलस्रोत र ऊर्जाको अवस्था र जनसार्क आन्दोलन र जलवायु परिवर्तन, अहिंसा, मानव विकास र पर्यावरणको मूल आधार सिंगो समाज व्यवस्थामा बदल्नुको विकल्प छैन । तर नेपाल सरकारले वन क्षेत्रबाट खाली आर्थिक दोहनको मात्र मूल आधार मान्दै आएको छ । यो एकदमै पर्यावरणबिरोधी क्रियाकलापमा सरिक छ ।

स्रोतमाथि स्थानीय अधिकारका लागि साझा प्रयास बिश्वब्यापी अधिकारको अभियान हो । यो अभियान नेपालमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालमार्फत समुदायको अधिकार तथा सशक्तीकरणको लागि उठाइएको अभियान हो । यसैले स्वदेशको मात्र नभएर विश्वको वातावरण संकटको नजिक छौँ हामी । अबका दिनमा पहिला जगत र जीवनको सुरक्षाको लागि सचेत हाँै ।