एन प्याव्सनको जिल्लास्तरीय कविता प्रतियोगिता

तुलसीपुर, २४ असार । नेशनल प्याव्सन दाङको आयोजनामा शुक्रवार जिल्लास्तरिय कविता प्रतियोगिता तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नेशनल प्याव्सन दाङका अध्यक्ष विमल गौतमको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा पारिजात ईगलिश स्कुलका खगेन्द्र वली प्रथम, राप्ती बाल एकेडेमीका यशु शर्मा द्वितिय, शिखा सेकेन्डरी स्कुलकी गुञ्जन रेग्मी तृतिय र जनप्रिय ईगलिश स्कुलका सन्दिप वली सान्तोना भएका छन् । प्रतियोगिताको निर्णायकमा दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लिराज श्रीधर र उपाध्यक्ष पद्दमकमल आचार्य रहेका थिए ।

त्यसैगरी सोहि अवसरमा एन प्याव्सन दाङले सम्पन्न गरेको वर्ष उत्कृट विद्यार्थी २०७८ का विजेताहरुलाई समेत सम्मान गरियको थियो ।

त्यस अवसरमा छात्रतर्फ मिडवेष्ट प्वाइन्ट एकेडेमीका प्रमिश भुसाल प्रथम, पिपुल्स ल्याण्ड ईगलिश स्कुलका महेन्द्र सुवेदी दितिय, ज्ञानज्योति सेकेन्डरी स्कुलका रिकिवावु भट्टराई तृतिय, पव्लिक एजुकेसन एकेडेमीका रिसकेश चौधरी चौथो र शारदा विद्या मन्दिरका अनिल पुनले पाचौं स्थान हासिल गरेका थिए।

त्यस्तै छात्रातर्फ अमृत विद्या मन्दिरकी स्नेहा छन्त्याल प्रथम , पिपुल्स ल्यान्ड ईगलिश स्कुलकी बालिका वली दितिय, पव्लिक एजुकेसन एकेडेमीकी इशिका खडका तृतिय , राप्तीवाल एकेडेमीकी लक्ष्मी वुढाथोकी चौथो र ज्ञानज्योति सेकेन्डरी स्कुलकी मीमांसा गौतमले पाँचौं स्थान हासिल गरेका थिए ।

एन प्याव्सन दाङका उपाध्यक्ष भोजराज न्यौपानेको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव ठाकुर डाँगीले गरेका थिए ।