प्रेमविवशको लयमा प्रकाशको तीज गीत पैतलु सारेर

घोराही,२१ असार । गायक प्रकाश विसीले २०७९ को तीज गीत पैतलु सारेर बजार माल्याउने भएका छन् । गायक प्रेमविवश घर्तीको लयमा रहेको तीज गीत बजारमा ल्याउने तयारी गरेको विसीले जानकारी दिएका छन् ।

भारतको गोवामा रेकर्ड भएको गीतमा प्रकाश विसी, टीका सानु र नवगायक कमल विसीको स्वर र शब्द रहको छ । तीज आउन करिब दुई महिना बाँकी रहँदा अडियोको काम भने सम्पन्न भएको विसीले बताएका छन् ।

दाङ शान्तिनगर–३ बस्तीखोला जन्म घरभई विगत एक दशकदेखी भारतको गोवालाई कर्मथलो बनाउँदै आएका विसीले गायक प्रेम विवशले साङ्गीतिक यात्राको बाटो देखाएसँगै आफ्नो साँगीतिक यात्रा आरम्भ गरेको बताएका छन् ।

२०७२ सालमा गायक घर्तीकै लयमा रहेको पिरतीलाई हालम लोकदोहोरी गीत गायिका टीका पुनसँग गाएर साँगीतिक यात्रा आरम्भ गरेको उनको भनाई रहेको छ ।

प्रदेशमा रहेर गीतसँगीत बजारमा ल्याउन निकै कठिन भएपनी साँगीतिक यात्रालाई निरन्तरता दिन आफू निरन्तर लागेको उनको बताएका छन् ।