कोरोनाले रंग्याइदियो प्रकृति
बालाराम खड्का
वसन्त रितुको आगमनसंगै नयाँ पालुवा पलाउन सुरू गरेका छन् । प्रकृति रमणीय छ । विभिन्न थरिका रंगि विरंगि फुलहरू फुल्न थालेका छन् । सहरदेखि गाउँसम्मको वातावरण स्वच्छ र शान्त छ, तर विश्वनै कोरोना भाइरसको कारण त्रसित छ ।
सवैको मनमा संन्त्रास छ । कोरोनावाट वच्न सवै मानिस लकडाउनका कारण घरमा छन् । अघिपछि जस्तो मान्छेको भिडभाड, कोलाहल र मानव सिर्जित प्रदुशण हटेसंगै वातावरण रमणयी छ । फलफुललगायत विभिन्न वोटविरूवाहरू रंगिचङगि देखिन्छन् । तर पनि मानवको मनमा भने चिन्ता छाएको छ । यो चिन्ता र त्रासका विच पनि मान्छे प्रकृति र आफ्ना परिवारका सदस्यहरुसंगको घुलमुलमा गर्दै एकआपसमा सद्भाव र माया साट्दै दिन काटिरहेका छन् । लाग्छ, प्रकृतिले यस समयमा निकै आनन्दका साथ आफनो सच्चा रूप देखाइ रहेको छ ।
मानिस घरमा थुनिएको समयमा प्रकृतिमा चराचुरूंगिदेखि जीवजनावरहरू स्वतन्त्रताको चरम उपयोग गर्दै रमाईलो गरि रहेकाछन् ।
रंगिविरंगि फुलहरूमा माहुरी, र भमराहरू भुुनभुनाई रहेका छन् । लोपहुन लागेका चराचुरुङ्गीहरूको फेरि देखिन थालेकाछन् । यसले पनि मानवको त्रसित मनलाई आनन्दित बनाउन लागेको छ । लकडाउन र कोरोनावाट त्रसित मनलाई यसले पनि थोरै भएपनि मरहमपट्टि लाउन सफल भएकोछ । वरपर रहेका हिमाल, रूख विरूवाहरू पनि लाग्छ अत्यन्त कलात्म ढंगले सिंगारिएका छन् । आफ्नो सक्कली रूप देखाउन पाएका छन् । गाउँदेखि शहरवजारका सडकहरूमा परेवा, ढुकुरहरू ढुक्कसंग गुरगुराउँदै खेली रहेका छन् । खेतवारिमा गहँ, जौ पाकेका छन् भने बेमौसममा पनि तोरी पाकेर लटरम्म छ । लाग्छ, फेरि प्रकृतिले आफ्नो सच्चा रूप देखाउन पाएकोछ ।
त्यस्तै ति बसन्त रितुमा फुलेका फुलहरूको सुगन्धले कोरोना भाइरसको त्यो भयावह संन्त्रासलाई धेरै भुलाएको छ । सधै परिवारसंग टाढा रहने व्यस्ततालाई टुटाइदिएको छ र परिवारका सदस्यहरुलाई नजिक ल्याइदिएको छ । सवै व्यक्ति आफ्नो वरपरको प्रकृतिसंग यति वेला खेल्ने मौका पाएकाछन् । धेरैले सामाजिक संजालमा पनि प्रकृतिसंग रमाएका फोटाहरू शेयर गरेर अलिकति भएपनि कोरोनाको त्रासलाई कम गर्दै मनलाई भुलाएका छन् । कसैले अफ्नो घरआगनमा फुलेका रंगिविरंगि फुल शेयर गरेका छन् भने कसैले आफ्नो वरिपरिको बातावरणलाई फोटामा कैद गरेका छन् ।
हिजो आज कोइलि, ढुकुरदेखि विभिन्न प्रजातिका चराचुरुङ्गीहरू पनि देखिन थालेका छन् । घरआगनमा उनीहरूको चिरविर आवाजले मनलाई शान्ति दिने समेत गरेको छ । बसन्त रितुसंगै यसरिनै लकडाउनले प्रकृति र परिवारसंग भुल्न सिकाएकोछ । आफु स्वस्थ, सचेत हुन र सरसफाइ गर्न पनि पाठ सिकाएकोछ कोरोना भाईरसले ।
