होटल एशोसियशन संघ दाङ गठन

गोरक्ष समाचारदाता
दाङ, १६ असार । होटल एशोसियशन संघ दाङको तदर्थ समिति गठन गरेको छ । जिल्लामा रहेका ठूला होटल व्यवसायीहरुको भेलाले अध्यक्ष नरेशकुमार श्रेष्ठको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्ष रोमकान्त पन्त, उपाध्यक्ष इन्द्र शाह, महासचिव अरुण शर्मा कोषाध्यक्ष निरञ्जन राजभण्डारी, रहेका छन् । सदस्यमा कृष्ण खनाल, ऋषिराम खनाल रहेका छन् । भेला होटल संघ (हान) का केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठको उपस्थितिमा भएको थियो ।

संघले पर्यटन प्रवद्र्धनमा काम गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । भेलाले संघको प्रदेश प्रतिनिधि ओविन्द्र महरालाई चयन गरेको छ ।