रगत अभाव हटाउन मोबाइल अभियान, एकै दिन ६२ युनिट रगत संकलन
लिलाधर वली
दाङ, २१ चैत्र। लकडाउनका कारण दाङमा रगतको अभाव देखिको छ । लकडाउनका रगत दिनेहरुको कमि भएपछि रगतको अभाव भएको हो । रगतको कमि हुदा ठुला अप्रेसन गर्नुपर्ने बिरामीसंगै मिर्गौलाको नियमित डायलासिस, अप्रेसन गर्नुपर्ने सुत्केरी, सिकलसेल एनिमियालगायतका बिरामी समस्यामा परेका छ्न् । लकडाउनको समयमा रगतको प्रयोग गर्ने तर दिने मानिसहरु नहुदा जिल्लामा ब्लडको समस्या भएको रक्त सन्चार केन्द्र घोराही प्रमुख दिलिप पौडेलले जानकारी दिएका छ्न् ।
जिल्लामा देखिएको रगतको अभावलाई हटाउन आज शुक्रबारदेखि ‘मोबाइल अभियान’ शुरु गरिएको छ । रक्त सन्चार केन्द्र घोराहीमा आउने समस्या हुने भएपछि रगत संकलनका लागि टोल वा घरमै गएर रगत संकलन गर्ने उदेश्यले अभियान सुरु गरिएको छ ।
लकडाउनका कारण रगत अभाव भइरहेको र त्यसलाई पूर्ति गर्न सामाजिक अभियन्ताको सहयोगमा ‘मोबाइल अभियान’ शुरु गरिएपछि केही राहत मिलेको रक्तसञ्चार सेवा केन्द्र, घोराहीका प्रमुख न्यौपानेले बताए ।
उनका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत अन्य अस्पतालमा नियमित मिर्गौलाको डायलासिस गर्ने, सुत्केरी, एनिमियाका बिरामीलाई धेरै रगत चाहिने हुँदा जिल्लामा रगतको खपत धेरै हुने गरेको र पछिल्लो समय रगतको स्टक सकिने अवस्थामा पुगेको थियो ।
चैत ११ गतेदेखि लकडाउन शुरु भएपछि सबैखाले रक्तदानको कार्यक्रम रोकिएको थियो । विभिन्न सङ्घसंस्थाले स्थापना दिवस, वार्षिकोत्सवलगायतका कार्यक्रममा नियमित रक्तदान गर्दै आएका थिए । तर, लकडाउनपछि त्यस्ता सबै कार्यक्रम रोकिएपछि रगत अभाव देखिएको हो ।
रक्त सञ्चार केन्द्रले मौज्दात राखेको रगत सकिने अवस्थामा पुगेपछि यो अभियान सञ्चालन गर्नका लागि सबैलाई अपिल गरिएको प्रमुख न्यौपानेले बताए । शुक्रबार उज्यालो विहानी फाउन्डेसन, त्रिभुवन नगर जेसिज,अनेरास्ववियु दाङ्लगायत युवाहरुको सक्रियतामा ६२ युनिट ब्लड संकलन गरिएको रक्त सन्चार केन्द्रका प्रमुख पौडेलले जानकारी दिएका छन् । अनेरास्ववियुको पहलमा ५२ जनाले रक्तदान गरेका थिए । दाङका राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान,राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलगायतका अस्पतालहरुमा दाङमा मासिक ५०० युनिट ब्लड खपत हुने गरेको छ।
