गढवा,१० असार । गढवा गाउपालिकाको एघारौं गाउँ सभामा गाउपालिका उपाध्यक्ष शारदा चौधरीले कुल ६३ करोड ७९ लाख १० हजार रुपैयाँ बराबर बजेट प्रस्तुत गर्नुभएको छ ।
आर्थिक वर्ष २०७९÷०८० को लागि चालु तर्फ ३१ करोड ६५ लाख ७६ हजार र पूँजिगत तर्फ ३१ करोड ७९ लाख ३४ हजारको बजेट गाउँसभामार्फत सार्वजनिक गर्नुभएको हो ।